Friday, December 26सत्यम खबर
Shadow

‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’बाट हरिप्रसाद तिमिल्सिना पुरस्कृत

नेपालगन्ज, ११ श्रावण – सुप्रसिद्ध साहित्यकार, गजलकार, गायककार, संगीतकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको स्मृतिको नाममा स्थापना गरिएको प्रेम प्रकाश मल्ल “मधुकर” को ९०औं जन्मजयन्तीको अवसरमा पुरस्कार अपर्ण तथा सम्मान कार्यक्रममा यस वर्षको पुरस्कार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका पुरस्कार तथा सम्मान प्राध्यापक डा. हरि प्रसाद तिमिल्सिनालाई श्रावण १० गते शनिवार प्रदान गरिएको छ ।

भेरी साहित्य समाज केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा ५१ हजार १ सय ११ रुपैयाँ सहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई प्रदान गरिएको छ । पुरस्कृत साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा प्राज्ञ सनत कुमार रेग्मीले दोसल्ला ओढाएर पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सनत कुमार रेग्मीले ‘प्रेम प्रकाश मल्ल मधुकर’को ब्यक्तित्वको बारेमा प्रकाश पार्दै, अब आउने वर्षमा ‘प्रेम प्रकाश मल्ल मधुकर’को किताब प्रकाशन गर्न लागी धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रतिभा छनौट समितिको तर्फबाट भेरी साहित्य समाज केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद रिजालले बि.सं. २०७२ साल देखि २०८१ साल सम्म ११ जना साहित्यकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । हरेक वर्ष यसरी नै पुरस्कार बितरण गरिदैं आई रहेको जानकारी गराउनु भएको थियो ।

वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद रिजालले डा. हरिप्रसाद तिमिल्सिनाको नाम घोषणा गर्दै ५ लाख १ सय ४७ रुपैया मूल राशी रहेको यस वर्षको पुरस्कारका लागि छनौट गरिएका आधारहरुका बारेमा स्पष्ट पार्दै उहाँको साहित्यिक व्यक्तित्व र योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षाबिद् किरण आचार्य, सम्मानित तथा पुरस्कृत ब्यक्तित्व डा. हरिप्रसाद तिमिल्सिनाले स्वर्गीय प्रेम प्रकाश मल्ल मधुकरको व्यक्तित्व, कृतित्व र योगदानको बारेमा प्रकाश पार्नु भएको थियोे ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकाल, लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, वरिष्ठ साहित्यकार नरेन्द्रजंग पिटर, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुस्कर नाथ रिजाल, वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद रिजाल लगायतले स्वर्गीय प्रेम प्रकाश मल्ल मधुकरको व्यक्तित्व, कृतित्व र योगदानको बारेमा चर्चा गरेका थिए । सो कार्यक्रममा समालोचक लेक प्रसाद प्याकुरेलले प्रेम प्रकाश मल्ल मधुकरको व्यक्तित्व, कृतित्वमाथि प्रकाश पार्दै मल्लका चर्चित गीत ‘पोखरा त साँच्चिकै पोखरा नै रैछ गीतमा १ लाख १० हजार भ्यू रहेको छ । प्रेम प्रकाश मल्ल मधुकरलाई साहित्यकार, संगीतकार, गीतकारले पनि चिनिन्छ ।

वरिष्ठ कलाकार तथा समाजका सदस्य सुन्दर गुरुङ्गले ‘पोखरा त साँच्चिकै पोखरा नै रैछ’ गीत सुनाउनु भएको थियो ।
यसरी पुरस्कार कोषका संस्थापकका तर्फबाट स्व. प्रेम प्रकाश मल्ल मधुकरकी जेष्ठ सुपुत्री वाणीश्री मल्लले मन्तब्य ब्यक्त गर्दै साहित्यको उन्नयनका लागि बुवाको योगदानलाई जीवन्त राख्न आव्हान गर्नु भएको थियो । सो कोषमा बाणीश्री मल्लले १ लाख रुपैया थप गर्दै भेरी साहित्य समाज केन्द्रीय समितिका कोषाध्यक्ष डा. राजकुमार थारुलाई हस्तान्तरण गर्नुभएको थियो ।

सम्मानित तथा पुरस्कृत ब्यक्तित्व डा. हरिप्रसाद तिमिल्सिना तथा सल्लाहकार हरिप्रसाद तिमिल्सिना आफना बिचार राख्र्द पुरस्कारको अक्षय कोषमा अहिले रु.५ लाख १ सय ४७ रुपैया रहेको छ, पौरखी बहुउद्देश्यीय सहकारीमा मुद्दतीमा राखिएको उक्त रकमको व्याजबाट पुरस्कार र अन्य व्यवस्थापन गरिएको जानकारी गराउनु भएको थियो ।
सो कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. हरि प्रसाद तिमिल्सिनाले ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेपछि तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगन्जका अध्यक्ष मीना बराललाई हस्तान्तरण गर्नुभएको थियो ।

भेरी साहित्य समाजका केन्द्रीय महासचिव गीता अर्यालद्वारा सञ्चालित समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्दिरा गौतम र चन्द्रावति अधिकारीले प्रमुख अतिथि, बिशिष्ठ अतिथि र अतिथिहरुलाई गम्छा लगाएर स्वागत गर्नुभएको थियो । अध्यक्ष इन्द्र बहादुर बस्नेतले बिचार राख्दै कोषमा ५ लाख १ सय ४७ रुपैयाँ हाल रहेकोमा कोषकी संस्थापक वाणीश्री मल्लले थप १ लाख रुपैयाँ प्रदान गरेपछि अब कोषको राशी ६ लाख १ सय ४७ रुपैयाँ पुगेको जानकारी गराउनुभएको थियो ।
‘प्रेम प्रकाश मल्ल मधुकर’ को जन्म वि.सं. १९९३ श्रावण ११ गते भएको थियो भने बि.सं.२०७२ वैशाख ११ गते उहाँको निधन भएको थियो ।

पुरस्कार अपर्ण तथा सम्मान कार्यक्रममा पुरस्कार कोषका संस्थापक बखत बहादुर मल्ल, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुस्कर नाथ रिजाल, कृष्णमुरारी प्रसाद भट्ट, प्रगतिशील लेखक संघ बाँकेका निर्वतमान अध्यक्ष पष्पमणि प्रधान, भेरी साहित्य समाज केन्द्रिय समितिका सल्लाहकार विष्णुलाल कुमाल, शिक्षाविद् किरण आचार्य, कमान सिंह बोहरा, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव, नागरिक समाज बाँकेका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योगा बाणिज्य संघका महासचिव भिम बहादुर राना भाट, शिक्षाबिद् जित बहादुर शाह, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि ‘कोपिला’, अशोक कुमार कर्माचार्य, प्रगतिशील लेखक संघ बाँकेका अध्यक्ष चरित्रा शाह, चन्दावती अधिकारी, इन्दिरा गौतम, मणिदेव अर्याल, कविराम रेग्मी, समाजका भरतबहादुर राना भाट, कल्पना पौडेल जिज्ञाशु, ज्ञनोदय माध्यमिक बिद्यालय खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटा, प्रेस युनियन नेपाल बाँके शाखाका निर्वतमान अध्यक्ष अर्जुन ओली, भेससका सखस्य नरेन्द्र देवकोटा, सन्तोषी बिष्ट, नरेन्द्रबहादुर स्वाँर, बिमला रावत, सीता सुवेदी, कमल बडुवाल, जेबी अनुरागी, महेन्द्रचन्द महासागर, राम चन्द्र आचार्य, जयकेश सिंह, दिपेन्द्र सिंह, करिश्माकुमारी योगी, डम्बर बिश्वकर्मा, देवीलाल चौलागाई, नरेन्द्रराज पोखरेल, थानेश्वर लामिछाने, राधिका गैरे, बद्री ढकाल हिरामणि, मीना बराल, खगेन्द्र बहादुर मल्ल, भारतका उर्दू साहित्यकार शारीक रब्बानी, डा.राजकुमार थारु, नारायण प्रसाद ज्ञवाली, बिष्णु प्रसाद उपाध्याय, शतक रक्तदाता पवन जायसवाल, कोकिलाकुमारी सिंह लगायत ६२ जना साहित्यकारको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *