Sunday, April 26सत्यम खबर
Shadow

कोरोना संक्रमणले थप ७५ वर्षिय पुरुषको मृत्यु

नेपालगन्ज, २ मंसिर – बाँके जिल्लामा उपचारको क्रममा बाहिर जिल्लाबाट उपचारको लागि आएका घोराही उपमहानगरपालिका वडा नं. –१५, दा·का थप ७५ वर्षिया पुरुषको मृत्यु भएको छ ।
दा· जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ का ७५ वर्षिय पुरुष उपचारको लागि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको आज मंगलबार दिउँसो १०ः२० मा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।


मृतक ७५ वर्षिय पुरुष विगत लामो समयदेखि मुटुको भल्भ सम्बन्धी अपरेशन गरिएको पारिवारिक श्रोतले बताएका छन् । हाल उनको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय भईरहेको बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
यो सहित बाँके जिल्लामा बाहिर जिल्लाबाट आई भर्ना भएर उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *