
नेपालगन्ज, २३ असार – प्रगतिशील लेखक संघ नेपाल बाँके शाखाको आयोजनामा परिवर्तन पत्रिकाको लोकार्पण तथा कल्पध्वनि लघुकथा संघको समीक्षा एक कार्यक्रम बीच शनिवार खजुरामा सम्पन्न गरिएको छ ।
खजुरा गाउँपालिका अन्तर्गत ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा आयोजित प्रगतिशील लेखक संघ नेपाल बाँके शाखाकी अध्यक्ष चरित्रा शाहको अध्यक्षता, प्रगतिशील लेखक संघ नेपालका केन्द्रिय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि हरिप्रसाद तिमिल्सिनाले ब्यानर वाचन गरेर उद्घाटन गर्नु भएको थियो ।
प्रगतिशील लेखक सङ्घ नेपाल बाँकेकी इन्दिरा गौतमद्वारा सञ्चालित कार्यक्रममा प्रलेसका उपाध्यक्ष सुन्दर गुरुङले स्वागत मन्तव्य गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ठ अतिथि र अतिथि लगायतले परिर्वतन पत्रिकाको संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।
प्रलेस बर्दिया शाखाका अध्यक्ष तथा समीक्षक प्रभात सुवेदीले परिवर्तन पत्रिकाको माथि समीक्षा गर्नुभएको थियो भने कल्पध्वनि लघुकथा सङग्रहको समीक्षा ईश्वरीप्रसाद रिजालले गर्नुभएको थियो ।
कार्यक्रममा प्रलेसका पूर्व पार्षद मीना बराललाई दोसल्ला ओढाएर अबीर लगाएर सम्मान–पत्र प्रदान गरिएको थियो ।
केन्द्रीय समितिको निर्वाचनमा केन्द्रीय सचिवालय सदस्यमा कल्पना पौडेल जिज्ञासु, केन्द्रीय सदस्यमा मणिदेव अर्याल, केन्द्रीय पार्षदमा लेकप्रसाद प्याकुरेल, यसरी प्रलेस लुम्बिनी प्रदेश समितिमा निर्वाचित उपाध्यक्ष गणेशा कार्की, सहसचिव सुन्दर गुरुङ, र प्रलेस लेम्बिनी प्रदेशको सदस्यहरू भरत रानाभाट र टंकप्रसाद आचार्यलाई प्रलेस बाँके शाखाले अबीर र माला लगाएर बधाई र शुभकामना दिएको थियो ।
यसरी विभिन्न समयमा विद्यावारिधि उपाधि हासिल गरेका खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. ईन्द्रबहादुर भण्डारी, डा. खोपीराम ओली, डा.पुष्करनाथ रिजाल, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय सदस्यमा निर्वाचत हुनु भएकोले प्रलेस बाँके शाखाले बधाई दिएको थियो ।
यसरी कार्यक्रममा प्रमुख अतिथि हरिप्रसाद तिमिल्सिना, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. ईन्द्रबहादुर भण्डारी, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, प्रलेस बाँके शाखाका संस्थापक ओमप्रकाश शर्मा, वरिष्ठ साहित्यकार गणेश जिसी, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कारनाथ रिजाल, शिक्षाविद् जीतबहादुर शाह, कल्पध्वनि लघुकथा सङग्रहकी कृतिकार कल्पना पौडेल जिज्ञासु र सभाध्यक्ष चरित्रा शाहले आफ्नो अमूल्य समय दिएर कार्यक्रम सफल बनाउने हुने सम्पूर्ण स्रष्टाहरूलाई धन्यवाद ज्ञापन गर्दै समापन गर्नुभएको थियो ।
कार्यक्रममा ज्ञानोदय माध्यमिक बिद्यालय खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटा, अधिवक्ता भीमबहादुर शाही, जगदीश ढकाल, भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, पुष्पमणि प्रधान, पूर्णतारा फाउडेसन बाँकेकी अध्यक्ष ताराकुमारी रोकाया, सीता सुवेदी रिजाल, प्रलेस बाँके सदस्य चन्द्रपति अधिकारी, प्रलेस बाँके सदस्य बुद्धिप्रसाद बन्जाडे, नरेन्द्रराज पोखरेल, नबिन कर्माचार्य, तिला पाण्डेय, बोदराज प्याकुरेल, फणीन्द्र आचार्य, चित्रबहादुर डाँगी, प्रलेस बर्दियाका बीरबहादुर थापा, कविराज रेग्मी, हिमाल पौडेल, सागर पाण्डे, माया कार्की, शिवबहादुर पुन, खेमबगर कपिल अन्जान लगायत करीब ५० जनाको उपस्थित रहेको थियो ।