
नेपालगन्ज, २८ कार्तिक – शुक्रबार थप २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।
त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना निको भएका छन् ।
