
खजुरा, २८ कार्तिक – सचेत युवा मन्चको आयोजनामा खजुरामा आज शुक्रबारदेखी भलिबल प्रतियोगिता शुरु भएको छ ।
खजुरा गाउँपालिका स्तरीय उक्त प्रतियोगितामा ९ वटा टीमको सहभागिता रहेको छ । शुक्र भलिबल स्टेडियमा सञ्चालन भएको प्रतियोगिताको बाँके ३ नं. का सांसद नन्दलाल रोकायले उद्घाटन गर्दै विभिन्न भौतिक विकास जस्तै खेल क्षेत्रको विकास महत्त्वपूर्ण हुने बताए ।

प्रदेश सांसद बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खेलकुदमा लगानी स्वस्थ्य र सभ्यताको पहिचान भएको बताए ।
मन्चका अध्यक्ष मनप्रकाश रेग्मीको अध्यक्षताम भएको कार्यक्रममा सचिब प्रदीप खनालले कार्यक्रम संचालन गरेका थिए । प्रतियोगिता भोलीसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी खजुराको समन्वय र वडा नं. २ खजुरा गाउँपालिकाको सहयोग रहेको छ ।
