
नेपालगन्ज, २ असार – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोग तथा नरैनापुर गाउँपालिकाको समन्वयमा ६ स्थानमा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी ४१६ जनाको निःशुल्क कान जाँच गरिएको छ ।
“वहिराेपन निवारण कार्यक्रममा सहभागी बनाैं, आफ्नाे परिवारलाई बहिराे हुनबाट जाेगाओैं” भन्ने मुल नाराका साथ ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्रविधिक टोलीसहित विभिन्न ठाउँमा सहयोग गरिएको निःशुल्क शिविरमा १७३ जना पुरुष तथा २४३ जना महिला गरी जम्मा ४१६ जनाको कान जाँच निःशुल्क शिविर नरैनापुर गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीहरूमा आज सोमबार सम्पन्न गरिएको वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो ।
नरैनापुर गाउँपालिकामा रहेकाे कटकुईया स्वास्थ्य चाैकीमा जेष्ठ २७ गते, लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा जेष्ठ २८ गते, कालाफाँटा स्वास्थ्य चाैकीमा जेष्ठ २९ गते, नरैनापुर स्वास्थ्य चाैकीमा जेष्ठ ३० गते, मटेहिया स्वास्थ्य चाैकीमा असार १ गते तथा आज साेमबार गंगापुर स्वास्थ्य चाैकीमा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न गरिएकाे वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो ।
आउटरिच इन्चार्ज भिषणकुमार थारुले दिएको जानकारी अनुसार जम्मा ४१६ जना महिला पुरुष मध्ये कान पाक्ने रोगबाट ग्रसित १०९ जना रहेको बताउनुभयो ।
आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार उक्त शिविर ६ दिने निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरिएको बताउनुभयाे ।
उक्त निःशुल्क कान स्वास्थ्य शिविरमा बिन्रोजका कान जाँच सहायकहरू सीता चाैधरी, दामाेदर चाैधरी, तिर्थमान थारू समेत सहभागिता रहेको बताउँदै आउटरिच इन्चार्ज थारुले ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा जिल्ला भित्र वा जिल्ला बाहिर कही पनि कान चेकजाँच सहकार्य गर्न सदैव तत्पर रहेको तथा हामीसित सहकार्य गर्न कोही इच्छुक भए सम्पर्क गर्न समेत बताउनु भयो ।