
नेपालगन्ज, २८ कार्तिक – नेपालगन्जमा रगतको अभव भइरहेको अवस्थामा विहीवार यहाँ आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायत ८ जना महिला सहित ३१ जना स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गेका छन् । नेपालगन्जबाट विगत ३९ वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

श्री टिभिएस मोटर साइकल तथा ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि., नेपालगन्ज–१८, बाँकेको सहकार्यमा स्थानीय कारकाँदो चोक स्थित टिभिएस शो रुममा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, टिभिएसका क्षेत्रीय बजार प्रवन्धक प्रकाश श्रेष्ठ, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का अध्यक्ष विशाल श्रेष्ठ, निर्देशकद्वय रणबहादुर शाही महादेवसिंह ठकुरी, जनमत सम्पादक पूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी रक्तदानको शुरु भएको हो ।

जनमतले आफ्नो रजत महोत्सव २०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेष गरी रगतको अभावमा छट्पटाईरहेका गरीब, असहाय र दूरदराजबाट आउने विरामीहरुलाई लक्षित गरेर रक्तदान महादानको पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो ४७ औं श्रृङ्खला हो ।
कार्यक्रम संयोजक पवन जायसवालका अनुसार कोरोेना भाइरसका कारण रगतको अभाव भइरहेको अहिले अवस्थामा व्यक्तिगत दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

यसैगरी, रक्तदाताहरुलाई टिसर्ट प्रदान गरिएको थियो । रक्तदान गर्नेहरुमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, ज्योति शाक्य, प्रशंसा चुके, नेहा खड्का, श्वेता बज्राचार्य, श्वेता विष्ट, अन्जनी रावल, सुस्मिता परियार, सरिता वैश्य, नियमित स्वयम्सेवी रक्तदाताहरु नीरजमान श्रेष्ठ, नरेन्द्रकुमार सिंह, शेरबहादुर बोहरा, मनमोहन वर्मा, प्रकाश श्रेष्ठ, निकित खड्का, विवेक वैश्य, मेघराज जिएम, प्रमोद डिजी, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, गौतमप्रसाद पौडेल, धर्मेन्द्र सिंह, धनराज डिजी, राजीतराम अहिर, सुमितकुमार राना, राजित शाह, बाबुराम केसी, मनबहादुर चौधरी, जुबेर अन्सारी, रुस्तम अली दर्जी लगायत थिए ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोमप्रसाद सापकोटा, सुनिल रत्गैया, सञ्जय बढहीले प्राविधिक सहयोग र कार्यक्रममा आकाश जायसवालले सहयोग गर्नु भएको थियो ।
कतिपय हाम्रा नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्त चाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक जायसवालले बताउनु भयो ।
विगत १५ वर्षदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म तीन हजार बढीको संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको जनमत सम्पादक पूर्णलाल चुकेले जानकारी दिनुभयो ।

