
कोरोना भाइरसका कारण करिब ८ महिनादेखि मानिसहरु घरमै बसिरहेका छन् । लडकडाउन केही खुकुलो भए पनि उनीहरु बाहिर निकस्न हिच्किचाइरहेको अवस्था छ ।
नेपालमा लकडाउन खुकुलो भएपछि धेरैजसो पार्लर तथा सैलुनहरु अझै सञ्चालनमा आएका
छैनन । खुलेका ठाउँमा पनि मानिसहरु जान डराइरहेको देखिन्छ ।
कोरोना भाइरस अझै केही समय हामीमाझ रहन्छ भन्ने सबैलाई थाहा छ । यस्तो समयमा अझै केही समयमा घरमा बस्नुपर्ने समेत हुनसक्छ ।

घरमा बस्दा हाम्रो अनुहार ५० प्रतिशत जस्तो सुरक्षित नै हुन्छ । किनभने, बाहिरको धुलो, धुवाँबाट जोगिएको हुन्छ । अनुहार ५० प्रतिशत आफैं राम्रो भएकाले देखिन्छ भने ५० प्रतिशत हामीले केयर ग¥यौं भने थप राम्रो हुन्छ ।
बाहिर जाँदा मात्र केयर गर्ने होइन । घरमा बस्दा पनि फेसवास नगर्ने, मोस्चराइजर नलगाउने, सन्सक्रिम नलगाउने, नगर्ने गरेको देखिन्छ। त्यस्तो गर्नु हुँदैन । हाम्रो अनुहार धुलोमैलोले मात्र फोहर हुने होइन । हाम्रो घरमा भएको लाइटबाट निस्केको प्रकाशले पनि असर गरिरहेको हुन्छ ।
घरमा बस्दा पनि हामीले सुन्दरतालाई कायम राख्न यसको हेरचाह गर्न अल्छी गर्न हुँदैन । घरमै बस्ने त हो नि, किन अनुहारको केयर गर्नुप¥यो, किन सफाइ गर्नुप¥यो भनेर बस्दा अनुहारको चमक बिग्रन सक्छ ।
पछिल्लो समय कतिपय पार्लर, सैलुनहरुले होम सर्भिस पनि सुरु गरेका छन् । हामीले पनि पार्लर आउन नचाहने तर घरमा सर्भिस लिन चाहने ग्राहकका लागि सबैखाले सेवा घरमै गएर पनि दिने गरेका छौँ । यो समयमा कोरोना भाइरसबाट बच्ने सबैखाले सुरक्षा हामीले अपनाएका हुन्छौं ।
सबैलाई घरमा बोलाएर सेवा लिने अवस्था
हुँदैन । आवश्यकता पनि नहुन सक्छ । तर पनि आफ्नो अनुहारको हेरचाह भने गर्नुपर्छ । घरमा आफैंले गर्दा पार्लरकै जस्तो नहुन सक्छ । तर पनि केयर गर्न छोड्नु हुदैँन ।
घरमा बस्दा सामान्य केही उपाय गर्ने हो भने अनुहारको चमक र सुन्दरता कायम रहन्छ । हामीले घरमै अनुहारको हेरचाह कसरी गर्न सक्छौँ त ?
१. सबैभन्दा पहिला त घरमा बस्दा पनि अनुहारमा सनक्रिम लगाउन बिर्सनु हुँदैन । बिहान उठेर मुख धोएपछि अनुहारमा मोस्चराइचर लगाएर सनक्रिम लगाउनुपर्छ ।
२. मोस्चराइचर मात्र लगाएर अनुहार नछोड्नुहोस । मोस्चराइचर लगाउँदा अनुहार नरम भएको हुन्छ । त्यसमा सनक्रिम नलगाउँदा घामले डढेर कालो हुने, चाँडै चाउरी पर्ने निकै सम्भावना हुन्छ । बरु अनुहारमा केही नलगाउँदा चाउरी पर्ने कम सम्भावना हुन्छ भने मोस्चराइचर मात्र लगाएर छोड्दा अनुहारमा धेरै इफेक्ट आउने सम्भावना हुन्छ । बरु मोस्चराइजर लगाउँदा मोस्चराइचर भएको सनक्रिम लगाउन सकिन्छ ।
३. एक हप्ता वा १५ दिनमा एक पटक अनुहार क्लिङजिङ गर्ने, स्क्रब गर्ने र फेस प्याक लगाउन पनि भुल्नु हुँदैन ।
४. घरमा बस्दा सोझै अनुहारमा हावा पर्ने गरी झ्याल वा छतमा ठाउँमा बस्नु हुँदैन । हावा सोझै अनुहारमा पर्दा अनुहारको छाला सुक्खा हुने छिटै खराब हुने हुन्छ । हावाले अनुहारलाई सुख्खा बनाउँदा छिटो चाउरी पर्ने हुन्छ ।
५. अनुसारमा पानी पर्ने गरी पनि झिज्नु हुँदैन । सोझै प्रेसर पर्ने गरी अनुहारमा पानी पर्दा अनुहारको तैलियपन जान्छ र अनुसार सुख्खा भई चाउरिन थाल्छ ।
६. बेलुका पनि अनुहार सफा गर्न भुल्नु हुँदैन । अहिले घर फुर्सद हुने भएकाले टिकटक भिडियो बनाउनेको संख्या धेरै छ । टिकटक बनाउँदा गरेको मेकअप नपखाली सुत्दा अनुहारमा असर पर्छ । त्यसैले राति सुत्दा हरेक दिन अनुहार सफा गरेर छ भने नाइटक्रिम लगाएर, आँखाको वरपर कालो दाग वा चाउरिपन छ भने आइक्रिमले मसाज गरेर सुत्नु पर्छ ।
७. राति सुत्दा मोबाइल नचलाउनुहोस् । मोबाइलबाट निस्केको प्रकाशले अनुहारलाई एकदम छिटो असर पार्छ । त्यसैले ओछ्यानमा गएपछि मोबाइल हेर्नु हुँदैन ।
८. आजकल विभिन्न ब्युटी ह्याक्स भनेर भिडियो आइरहेका छन् । ती ह्याक्स आफूले नजानी अन्दाजको भरमा अनुहारमा प्रयोग नगर्नुहोस् । त्यसले राम्रो हुन खोज्दा उल्टै नराम्रो बनाउन सक्छ ।
(राई अनानिक ब्युटी सलुन एन्ड स्पाकी जनरल म्यानेजर हुन् ।)
(स्रोतः स्वास्थ्यखबरबाट)
