Sunday, April 26सत्यम खबर
Shadow

देशभर थपिए कोरोनाका ३ हजार ३ सय ९ संक्रमित

नेपालगन्ज, १९ कार्तिक – देशभर बुधबार थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।

फाईल फोटो


योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भइ घर फर्केका छन् । निको हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर बुधबार थप ३० जना मृतकमा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म १४ लाख ९४ हजार १ सय २२ जनाको पिसिआर परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *