Thursday, November 21सत्यम खबर
Shadow

बसुदेवपुर पुर्ण खोप सुनिश्चतता वडा घोषणा

बाँके, ९ चैत्र । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १९ बसुदेवपुरलाई पुर्ण खोप शुनिश्चतता भएको वडा घोषणा गरिएको छ । बसुदेवपुर स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमका बीच वडालाई पुर्ण खोप शुनिश्चतता भएको वडाको रुपमा घोषणा गरिएको बसुदेवपुर स्वास्थ्य चौकीका ईन्चार्ज सुनिलरत्न ब्रजाचार्यले बताएको छन ।
पुर्ण खोप वडा शुनिश्चतता भएको घोषणा अभियान अन्र्तगत आयोजित घोषणा कार्यकैममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको निमित्त जनस्वास्थ्य प्रमुख प्रेम केसीले घोषणा मात्र गरेर नभई यसको कार्यान्वयनमा पनि सबै पक्ष समान रुपले जिम्मेवार हुनुपर्नै बताए ।
प्रमुख अतिथिको आसन बाट बोल्दै प्रमुख केसीले पुर्ण खोप शुनिश्चतता भएको वडाको रुपमा निरन्तरतामा पनि ध्यान दिन महत्वपुर्ण रहेको बताए । १५ महिना मुनिका सबै बालबालिकाहरुलाई आधारभुत पुर्ण खोप सुबिधामा पहँुच पुरयाउने राष्ट्रिय लक्ष्यका आधारमा वडा लाई पुर्ण खोप सुनिश्चतता भएको वडाका रुपमा घोषणा गरिएको हो ।
घोषणा गर्नु भन्दा पुर्व १६ देखि २३ महिना भित्रका सम्पुर्ण बालबालिका हरुले खोप लिए नलिएको तथ्याड्ढ सँकलन गरि पुर्ण खोप लिएको पाईएपछि घोषणा गरिएको बसुदेवपुर स्वास्थ्य चौकीका ईन्चार्ज ब्रजाचार्यले बताए ।
८ हजार २ सयको हाराहारी जनसँख्या रहेको वडामा १६ देखि २३ महिना भित्रका १ सय २२ जना बालबालिका रहेका छन । स्वास्थ्य चौकीले लिएको डाटा अनुसार ती सबै बालबालिकाहरु पुर्ण खोप लिएको पाईएपछि पुर्ण खोप शुनिश्चतता भएको वडा घोषणा गरिएको हो ।
१९ नम्बर वडा (बसुदेवपुर)का वडाध्यक्ष परशुराम बर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख केसी सहित खोप सुपरभाईजर देबीराम पौडेल, खोप समन्वय समितिका चेत बहादुर घर्ती, नगर स्वास्थ्य साखाका उपसँयोजक हरिहर तिवारी, सामाजिक बिकास मञ्च बाँकेका रोशन थापा लगायत जिआईजेड, एचकेआई, सुआहाराका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
पुर्ण खोप घोषणा कार्यान्वयनमा महत्वपुर्ण योगदान पुरयाएको भन्दै सामाजिक बिकासमञ्चका रोशन थापा, वडाका बिभिन्न समाजसेवी, महिला स्वास्थ्य स्वयम सेविका तथा सँस्थागत रुपमा सेभ द चिल्ड्रेन जिआईजेड, एचकेआई, सुआहाराका प्रतिनिधिहरुलाई कदरपत्र प्रदान गर्दै सम्मानित समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *