Thursday, March 12सत्यम खबर
Shadow

अपडेटः १७ महिलासहित ४२ जना संक्रमण मुक्त भई घर फर्किंदै

नेपालगन्ज, ८ कार्तिक – शनिबार बाँकेका थप १७ महिलासहित ४२ जना संक्रमित कोरोना मुक्त भइ घर फर्किंदै छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार बाँकेका १७ महिला र २५ पुरुष गरी जम्मा ४२ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन् । उनीहरुलाई असोज २४ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।


यो सहित बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ३ सय ७५ पुगेको छ ।
विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ५ सय ७६ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा बिरामी निको हुने दर ८०.३ प्रतिशत रहेको छ । यसैगरी, बिरामीहरुको मृत्यु दर १.०२ प्रतिशत रहेको छ भने संक्रमितहरुको रोग प्रकाप दर ०.४९ प्रतिशत रहेको जनाइएका छ ।
बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ९ सय ४५ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *