Sunday, April 26सत्यम खबर
Shadow

अपटेडः शुक्रबार बाँकेका थप एक संक्रमितको मृत्य

नेपालगन्ज, ८ कार्तिक – पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमणको दर दिब्र गतिले बढिरहेको छ । संक्रमणको दर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । बाँकेमा शुक्रबार राती १० बजे थप एक कोरोना संक्रमित व्यक्तिको उपचार कै क्रममा मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीका ५० बर्षिय एक कोरोना संक्रमित पुरुषको उपचार कै क्रममा शुक्रबार राती १० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाउनुभयो ।


जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन श्रेष्ठका अनुसार नेपालगन्ज वडा नं. १, धम्बोझी बस्ने ५० बर्षिय कोरोना संक्रमित ती व्यक्तिको शुक्रवार राती १० बजे उपचार कै क्रममा भेरी अस्पतालमा मृत्यु भएको जनाउनुभयो ।
मृतक व्यक्तिलाई कोभिड–१९ को शंका लागि असोज २५ गते स्वाब संकलन गरी परिक्षण गर्न दिएकोमा २६ गते आएको नतिजामा उनलाई कोरोना देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी असोज २७ गते बिहान १० बजे भेरी अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको र उपचार कै क्रममा शुक्रवार राती उनको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।
उपचारको क्रममा रोगको प्रकृति अनुसार एन्टिबायोटिक्स, अक्सिजन, रेम्डेसिभर, प्लाज्मा थेरापी, भेन्टिलेटर लगायत सबै प्रकारको अन्य सपोर्टिभ उपचार गर्दागर्दै शुक्रवार राती उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।
योसहित बाँकेमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३० पुगेको छ । मृतकहरुको शव व्यवस्थापनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी, भेरी अस्पताल, नेपाली सेना तथा पारिवारिक पक्षबाट समन्वय र तयारीमा भैरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *