Friday, November 22सत्यम खबर
Shadow

नयॅा सरकार बनेपछि भारतबाट पहिलो उच्चस्तरीय भ्रमण हॅुदै, विदेश सचिव मिश्री नेपाल आउॅदै

काठमाण्डौ, २३ साउन – भारतका विदेश सचिव विक्रम मिस्रीले आउँदो साता नेपाल भ्रमण गर्ने भएका छन् । बंगलादेशको घटनाक्रमका कारण कुनै अन्यथा नभए उनी आइतबार र सोमबार नेपाल भ्रमणमा रहनेछन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूकाअनुसार उनी विदेश सचिव बनेपछि छिमेकी मुलुकहरूलाई प्राथमिकता राख्दै शिष्टाचार भ्रमणमा आएका हुन् । उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् । परराष्ट्र सचिव सेवा लम्सालसँग उनको द्विपक्षीय कुराकानी हुनेछ ।

विनयमोहन क्वात्राले अवकास पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए । उनले यसअघि भुटानको भ्रमण गरिसकेका छन् । विदेश सचिवमा बढुवा हुनुअघि मिस्री भारतको उप-राष्ट्रिय सुरक्षा सल्लाहकार थिए ।

५९ वर्षिय मिस्रीले भारतका प्रधानमन्त्रीहरू इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरेको अनुभव छ । उनले सन् २०१९-२०२१ सम्म चीनका लागि भारतको राजदूतको रुपमा पनि काम गरेका थिए । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *