Sunday, April 26सत्यम खबर
Shadow

अपटेडः कोरोना संक्रमणबाट ७० वर्षिय बृद्धको मृत्यु

नेपालगन्ज, ५ कार्तिक – कोरोना भाइरस संक्रमणबाट बुधबार बर्दियाका ७० बर्षिय एक वृद्ध पुरुषको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका अनुसार कोरोना संक्रमणका कारण बारबर्दिया नगरपालिका वडा नं. ७ का ७० बर्षिय एक पुरुषको बुधबार बिहान निधन भएको छ ।
मृतक व्यक्तिको शरीरमा कमजोरी तथा स्वासप्रस्वासको समस्या देखिएपछि उपचारका लागि असोज २५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।
कोरोनाको आशंकामा २५ गते नै स्वाब संकलन गरी गरिएको परिक्षणमा उनलाई २६ गते कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाले जनाएको छ ।

फाईल फोटो


कोरोना पुष्टि भएपछि गरिएको उपचारमा उनको स्वास्थ्य अवस्था सामान्य भएको थियो । उपचार पश्चात् स्वास्थ्य अवस्था सामान्य भएपछि परिवारका सदस्यको आग्रहमा कात्तिक २ गते होम आइसोलेसनमा बस्ने गरी घर पठाइएको थियो ।
उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि उपचारका लागि शिक्षण अस्पताल पु¥याउँदै गर्दा बुधबार बिहान १२ः३० बजे बाटो मै उनको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
यो सँगै बर्दियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *