Thursday, December 12सत्यम खबर
Shadow

वडा नं. १९ काे योजना छनौट तथा वड़ा भेला सम्पन्न

नेपालगन्ज, ८ असार – नेपालगन्ज उपमानगरपालिका वड़ा नम्बर १९ को आर्थिक बर्ष २०८१ /८२ को योजना छनौट तथा वड़ा भेला कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०८१ /८२ को लागी विनियोजित बजेट तथा गत आर्थिक बर्षको कार्य सम्पादन प्रगति बिवरण चालु कार्य तथा सम्पन्न आयोजनाको सम्पूर्ण विवरण सहित वड़ा सचिब तेजेन्द्र रोकयाले प्रतिवेदन पेश गरेका थिए । चालू आर्थिक बर्षमा वड़ा कार्यालय, उपमानगरपालिका तथा संघ एवम् प्रदेश गरि ढाई करोड़ बजेटको बिकाशका आयोजनहरू ल्याउन सफल भएकोमा ९०% कार्यहरू सम्पन्न गरि सकेको र बाँकी १०% कार्यहरू चालू अवस्थामा रहेको समेत विवरण पेश गर्नु भएको थियो ।
वड़ा नम्बर १९ का स्थानिय बासीहरुद्वारा माँग भएको योजनालाई अध्ययन गरि बजेटले भ्याएसम्म पायक पर्ने ठाउँमा अवस्था र आवश्यक्ताको आधारमा कार्य तथा आयोजना बनाउने र अन्य आवश्यक नीति कार्यक्रम तथा आयोजनाको लागी उपमानगरपालिकाको योजना शाखा, संघ तथा प्रदेशबाट समेत बजेटको लागी आवश्यक पहल गर्ने भनि वड़ा सदस्य राम सुहावन कुर्मीले बताउनु भयो ।
वड़ा अध्यक्ष परसराम कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका अगुवा समाज सेवी पूर्व वड़ा अध्यक्ष वड़ा स्थिति रहेको बिद्यालयका प्रधानाध्यापक एवं संघ संस्थाका प्रतिनिधि लगायतले वड़ाको बिकास, बजेट विनियोजन, शिक्षा स्वास्थ्य एवं वड़ाबाट प्रवाह हुने सेवा सहजता लगायतका बिषयमा आफ्नो सान्दर्भिक भनाई राखेका थिए ।
वड़ा कार्यालयको रहेको श्री चन्द्र उदासीन बबकुट्टीको प्रांगणमा सम्पन्न कार्यक्रममा २५० भन्दा बढ़ी स्थानिय बासी राजनीतिक अगुवा तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थितमा सम्पन्न कार्यक्रम वड़ा नम्बर १९ का पञ्जीकरण अधिकृत (पाँचौ तह) का मनोज रिजालले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *