Thursday, December 12सत्यम खबर
Shadow

फेरि भारतको गृहमन्त्री बने अमित शाह, इतिहास रच्ने अवसर

काठमाण्डौ, ३१ जेठ – भारतीय जनता पार्टी (विजेपी)का नेता अमित शाह फेरि भारतको गृहमन्त्री बनेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमा शाहलाई नै दोहोर्याएका हुन्। मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री बनिसकेका छन्।

शाह पनि यसअघि मोदी क्याबिनेटको दोस्रो कार्यकालमा गृहमन्त्री थिए। मोदीको पहिलो प्रधानमन्त्रीकालमा भाजपाका पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंह गृहमन्त्री थिए। 

मंगलबार गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछिशाहले नयाँ सरकारले देशको सुरक्षालाई अर्को तहमा पुर्‍याउने र भारतलाई आतंकवाद, विद्रोह र नक्सलवादविरुद्धको सुरक्षाकवचका रूपमा निर्माण गर्ने बताए ।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत शाहले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा मैले आज पुनः गृह मन्त्रालयको कार्यभार सम्हालेको छु । गृह मन्त्रालय देश र जनताको सुरक्षाका लागि सधैँजस्तै प्रतिबद्ध रहनेछ । प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालमा भारतले आफ्नो सुरक्षाका लागि आफ्नो प्रयासलाई थप उचाइमा पुर्‍याउनेछ र भारतलाई आतंकवाद, विद्रोह र नक्सलवादविरुद्ध एक सुरक्षाकवचको रूपमा निर्माण गर्नेछ ।’

यदि शाह लगातार पाँच वर्ष पदमा रहे भने उनी भारतको इतिहासका सबैभन्दा लामो समयका गृहमन्त्री बन्नेछन् । यसअघि भारतीय राष्ट्रिय कंग्रेसका गोविन्दबल्लभ पन्त र भाजपाका लालकृष्ण आडवाणी दुवैले ६ वर्ष केन्द्रीय गृहमन्त्रीको रूपमा काम गरेको इतिहास छ। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *