
नेपालगन्ज, २ कार्तिक – देशभर आईतबार थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन् । योसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

यसैगरी यस अवधिमा २ हजार ३ सय २६ जना कोरोनाबाट मुक्त भएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप १२ जनाको कारोनाबाट मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको छ ।