नेपालगन्ज, १९ बैशाख – नेपालगन्जमा बहुद्देश्यीय सहकारी संस्थाहरुको छाता संगठन बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड नेपालगन्ज, बाँकेको आठौं र नवौं बार्षिक साधारण सभा बैशाख आज बुधवार सम्पन्न भएको छ ।
अध्यक्षतामा नयाँ कार्य समिति बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष भूपेन्द्रप्रसाद अधिकारीको अध्यक्षता, कोहलपुर सहकारी संस्था लि.का अध्यक्ष पारसनाथ थारुको प्रमुख आतिथिले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुको भएको थियो ।
प्रमुख अतिथि पारसनाथ थारुले उद्घाटन गर्दै आफ्नो सिद्धान्तले अगाडी बढौं । नीति परिर्वतन गरौं हामीले सहयोग गर्छौं । बाहिरको तत्वहरुले नडराउँ, सही तरीकाले काम गरौंंं ।
ऋषिराज चौधरीले सञ्चालन गरेका कार्यक्रममा राष्ट्रिय सहकारी संघ बाँकेका प्रमुख प्रकाश थपलिया, जिल्ला कृषि सहकारी संघ लि.बाँकेका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमबहादुर शाह शुभकामना व्यक्त गर्दै शेयर सदस्यहरुको घर घरमा घरदैलो गरौं, बिश्वास दिलाउन सकियो भने कुनै किसिमको फरक पर्दैन, प्रत्येक जिल्लामा सहकारीलाई हेर्ने निकाय बन्दैछ । ऋणिहरुलाई निराश नगर्नु होला, एउटै वडामा २–३ वटा सहकारी छन् । सञ्चालन गर्न कठिन परिरहेको त्यस कारण मर्ज गरेर सहकारी चलाउँ राम्रो चल्छ ।
अध्यक्ष भूपेन्द्र अधिकारीले संघको बारेमा र अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संघका लेखा समिति संयोजक डुनेन्द्र गोसाई कारणबस अनुपस्थित भएको हुँदा लेखा प्रतिवेदन सचिव हरि चालिसेले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड सञ्चालक समितिका सदस्य माया गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड नेपालगञ्जको सभाले ४ वर्ष कार्यकालका लागी पुनः भूपेन्द्रप्रसाद अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ ।
यसरी संघको उपाध्यक्षमा शान्ता बिष्ट, सचिवमा हरि चालिसे, कोषाध्यक्षमा माया गौतम निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी संघको सदस्यहरुमा बीरेन्द्र सुवेदी, पुष्पराज हमाल, उमा थापा, तेज बहादुर रावल, बहादुर केसी पनि निर्विरोध निर्वाचित भएका छन् भने लेखा समितिको संयोजकमा डुनेन्द्र गोसाई, सदस्यद्वयमा बिनोद सामान्त, चित्रा चन्द पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन सम्पन्न गराउनका जिल्ला कृषि सहकारी संघ लि.बाँकेका अध्यक्ष लोकेन्द्रबहादुर चन्द निर्वाचन अधिकृतको जिम्मेवारी निभाएका थिए ।
बहुद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड नेपालगञ्ज, बाँकेमा ७८ वटा सहकारी आवद्ध रहेका छन् । सहकारीका प्रतिनिधि लगायत ८० जनाको सहभागिता रहेको थियो ।