नेपालगन्ज, १९ बैशाख – नेपालगन्जको उपमहानगरपालिका ३ वडाका जेष्ठ नागरिकहरुलाई कानूनी अभिमुखीकरण तथा क्षमता विकास तालिम दिइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा, मेरो प्लानेट बाबुगाउँमा सञ्चालित जेष्ठ नागरिकका लागी कानूनी अभिमुखीकरण तथा क्षमता विकास तालिममा वार्ड नं. १४, १५ र २३ का ५५ जना जेष्ठ नागरिकहरुले भाग लिएका थिए ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१५ का वडा सदस्य मेराज अलीको अध्यक्षतामा, नेपालगन्ज उपमहानगरपालिका वाडं न(२३ का वडाध्यक्ष जब्बर अलीको प्रमुख आतिथ्यमा सम्पन्न, नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं.१४ का वडाध्यक्ष मजहर अली साईको आतिथ्यमा सम्पन्न भएको थियो ।
उद्घाटन समारोहमा राष्ट्रिय गान, परिचयका कार्यक्रमका साथै जेष्ठ नागरिकहरुको हक अधिकार सम्बन्धि प्रशिक्षण अधिवक्ता चित्र बहादुर केसीले दिनुभएको थियो । कार्यक्रम सञ्चालन तथा स्वागत मन्तव्य नेपालगन्ज नगर स्तरीय जेष्ठ नागरिका सञ्जालका उपाध्यक्ष बिष्णुप्रसाद सुवेदीले गर्नुभएको थियो । उहाँका अनुसार वार्ड नं.– १४, १५ र २३ का ५५ जना जेष्ठ नागरिकहरुले लाभान्वित भएका छन् ।