नेपालगन्ज, १७ चैत – राष्ट्रिय युवा संघको डुडुवा गाउँपालिकामा भएको पालिका अधिबेशन र पार्टी प्रबेस कार्यक्रममा तरुण दल आवद्द युवाहरुले आफ्नो रवाफ देखाउँदै प्रहरि प्रशासन र नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका नेता कार्यकर्तामाथि हातपात सहित आक्रमण गरेका छन् ।
राष्ट्रिय युवा संघ बाँकेले डुडुवा गाउँपालिकामा राखेको पालिका अधिवेशन र पार्टी प्रवेश कार्यक्रममा आएका नेता कार्यकर्ताहरु कार्यक्रमको समापन पछि कोहि खाना र कोहि नास्ता खान चोकमा निस्किदा पुलिसले अचानक हातहतियार छकी भनेर सोधपुछ समेत गर्यो अनि युवासंघको टोलिले हामी लफडा गर्ने मनसाय भएका ब्यक्ति नै हैनम हाम्रो कार्यक्रम भएको भखरै समापन भयो अब खाना नास्ता खान आको जवाफ दिदा दिदै प्रहरिले गरेको सोधपुछ पछि केहि पर चोक निर जाँदै गर्दा अराजक मनसायले लिप्त भएका नेपाली काङ्ग्रेसको भातृ संगठन तरुण दलका केही अराजक युवाहरुले हातपात गर्दा युवा संघका रितेश कश्यव घाइते भएका छन् भने नेपाल प्रहरीका महेश्वर यादव समेत घाइते भएको भन्दै युवा संघले तुरुन्तै कार्वाही गरियोस भनेर प्रेस बिज्ञप्ति समेत निकालेको छ।
कार्यक्रम हुने बेलादेखि अघिपछि गरेका तरुण दलका युवाहरु युवासंघका कार्यकर्तामाथी नै हमला गर्न थाले तरुण दलका युवाले एकाएक ढुङ्गा प्रहार गर्दा युवासंघका नगर सदस्य रितेस कस्यपको टाउकोमा घम्भिर चोट लाग्यो र त्यसको साथसाथै वडा प्रहरी कार्यालय प्रमुख इन्सपेकटर हरि बिसिका बोडिगाडलाई समेत टाउकोमा चोट लागेको बिज्ञप्तिमा उल्लेख गरिएको छ। घाइतेद्वयको अबस्था नाजुक छ भने उनिहरुलाई नेपालगन्ज नर्सिङ होममा उपचरको लागि ल्याइएको छ।
घटना बारे बिस्तृत जानकारी प्रहरीलाई हुँदा पनि हाल प्रहरी समेत तरुणदलसंग मिलोमतो गरि युवासंघका कार्यकर्तालाई फसाउने रणनीति बनाइरहेका छन, जब कि घटना घटेको मिलन चोकमा एन आइसी एसिया बैंकको सि सि क्यामेरा समेत रहेको छ,उक्त सि सि क्यामेरा हेर्दा घटनाको सत्यतथ्य थाहा हुने युवासंघले जानकारी दिएको छ। घटना कसले किन घटायो भन्ने थाह पाउदा पाउदै प्रहरि प्रशासन मुखदर्शक बनेकोमा आपत्ति जनाउदै राष्ट्रिय युवा संघ बाँके लगाएत नगर कमिटि टोल कमिटिले अराजक मानसिकता भएका अपराधीलाई तुरुन्तै कार्वाही गरियोस भनि दवाब सिर्जना गर्न बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।