Monday, May 4सत्यम खबर
Shadow

चीनबाट ठगियो नेपाली स्टिल कम्पनी, पैसा तिराएर यसरी बनायो बिचल्ली

काठमाण्डौ, १८ फागुन – नेपाली स्टिल कम्पनी चीनबाट ठगिएको छ । उत्तरी छिमेकी चीनका ब्यापारीले नेपाली स्टिल व्यसायीलाई पैसा तिराएर ठगेका हुन् । चीनबाट ठगिएका नेपाली व्यापारीको बिचल्ली भएको छ ।

चीनबाट ठगिएर बिचल्लीमा परेको नेपाली कम्पनी हो, आरती स्ट्रिप्स प्राइभेट लिमिटेड । आरतीले चिनियाँ कम्पनी वुटाई स्टिलबाट ७ सय मेट्रिक टनको स्टिल उत्पादन अर्डर गरेको थियो । त्यसको लागि अग्रिम भुक्तानी पनि गरेको थियो ।

तर, चिनियाँ कम्पनीले आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले पटक–पटक माग गर्दा पनि आपूर्ति गरेको छैन । पैसा तिराएर ठगी गरेपछि आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले वुटाई स्टिलविरुद्ध आर्थिक अनियमितताको उजुरी दर्ता गरेको छ । यसैबीच, वुटाई स्टिलले आफ्नो कम्पनीमा आन्तरिक समस्याका कारण आरती स्टिल प्राइभेट लिमिटेडसँगको सम्झौताको दायित्व पूरा गर्न नसकेको भन्दै बहानाबाजी गरेको छ ।

यसबारे बेइजिङस्थित नेपाली दूतावासले पनि आफ्ना समकक्षीसँग यो विषय उठाएको छ, तर चिनियाँ पक्षबाट सन्तोषजनक जवाफ आएको छैन । चीनबाट कपडा, जुत्ता, खेलौना लगायतका वस्तु आयातमा संलग्न चिनियाँ कम्पनीहरूले कैयौं नेपाली व्यवसायीलाई ठगिसकेका छन् । नेपाली व्यवसायीहरुको गुनासो काठमाडौंस्थित चिनियाँ दूतावासले पनि सुनुवाइ गरेको छैन । ठगी आरोप खारेज गर्दै दूतावासले मुद्दा मामिलामा नजान भनेको छ । बेइजिङस्थित नेपाली दूतावास पनि उनीहरुलाई सहयोग गर्नमा कमजोर देखिएको छ । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *