
नेपालगन्ज, १८ फागुन – सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्ने अधिकारी कसैको नभएको सबैमा जानकारी हुँदा हुँदै समेत बजारमा अशुद्ध खानेपानीको बोतल फेला परेको छ ।
सिबिल प्रोसेसि· इन्डष्ट्रीज प्रा.लि., नेपालगन्ज–१६, बेलासपुर स्थिति रहेको खाने पानी कम्पनीमार्फत उत्पादन गरिएको सुप्रीम नामक पानीको बोतलमा मानव जीवनमा नकारात्मक असर गर्ने लेदोसहितको पानी बोतल भेटिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको तमाम खाने पानी कम्पनीहरुमा सम्बधित पक्षले अनुगमन नगर्दा यस्तो देखिएको हो । समय–समयमा सम्बन्धित पक्षको यसतर्फ ध्यान पुगेको भए आम मानवीय जीवनमा अतिआवश्यक पर्ने खानेपानीको बोतलमा लेदो भेटिन थिएन होला । आउने समयमा गर्मीयाम शुरु हुँदै गईरहेको छ, ठाउँ–ठाउँमा यस्तो बोतलमा पानी खानेको संख्यामा बृद्धि हुन्छ तर उक्त बोतल भित्र रहेको पानी स्वच्छ छ व छैन ? स्वच्छ होला भनी खरीद गरी खाने उपभोक्तालाई त्यसको असर कस्तो पर्न जान्छ त्यसको मापदण्ड निर्धारण सम्बन्धित पक्षले गरेको छ व छैन ? लगायत विषयमा सम्बन्धित पक्षको ध्यान नजाँदा आज सुप्रीम पानीमा देखिएको लेदो आउने दिनमा अन्य पानी बोतलहरुमा नदेखिएला भन्न सकिन्न ।
यसतर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित हुनु तथा सिबिल प्रोसेसि· ईन्डष्ट्रीज प्रा.लि.द्वारा उत्पादन गरिएको सुप्रीम पानी बोतल लगायत कम्पनी मै अनुगमन गर्न आवश्यक देखिएको छ ।
