
नरैनापुर, १७ फागुन – नरैनापुर गाउँपालिका वडा नं. ६ मा रहेकाे जय किसान माध्यमिक विधालयमा कार्यरत २ जना बाल विकास शिक्षक कार्यवाहीमा परेका छन् ।
जय किसान माध्यमिक विधालयमा कार्यरत बाल विकास शिक्षक, कर्मचारी कैलाश तिवारी र रंगीलाल माैर्य कार्यवाहीमा परेकाे विधालय व्यवस्थापन स्राेतले जनाएकाे छ ।

प्रारम्भिक बाल विकास केन्द्रमा साताकाे २/३ दिन मात्र आउने, विधार्थीलाई नपढाई डर, त्रास देखाउने र विधालय हातामा राजनीति गर्न खाेजेकाे भन्दै विधालय व्यवस्थापन समितिकाे बैठकले ती दुई जनालाई कार्यवाही गरिएकाे विधालय व्यवस्थापन समितिका अध्यक्ष अम्बरलाल माैर्यले बताए ।
विधालय व्यवस्थापन समिति अध्यक्ष माैर्यका अनुसार ती दुबै जना पटक-पटक व्यवस्थापन समितिकाे अनुराेधलाई अटेर गरेकाे, विधार्थीकाे जीवनसँग खेलवाड गरेकाे पाईएकाेले कार्यवाही गरिएकाे हाे ।
कार्यवाही गरिएकाे दुबै जना शिक्षकलाई शिक्षा, युवा तथा खेलकुद विकास शाखामा फिर्ता पठाइएकाे निर्णय भएकाे बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माैर्यले बताएका छन् ।
नरैनापुर गाउँपालिकामा रहेका बाल विकासहरूमा विधालय बाहेक समुदायमा सञ्चालित अधिकांस बाल विकास कागजमा मात्र सञ्चालन रहेकाे त्यहाँका स्थानियहरूकाे गुनासाे रहेकाे छ ।
यश बारेमा नरैनापुर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण थारूसंग बुझ्दा विधालय व्यवस्थापन समितिलाई शिक्षक निस्कासन तथा कार्यवाही गर्न सक्ने अधिकार रहेकाे बताए ।
