Monday, May 4सत्यम खबर
Shadow

नेपालगन्ज जेसीज १०० प्रतिशत प्रभावकारिता पुरस्कारद्वारा सम्मानित

नेपालगन्ज, १५ फागुन – नेपाल जेसीजद्वारा सौरहवामा आयोजित क्षमता अभिबृद्धि (काउन्सलर एकेडेमी) कार्यक्रमबाट नेपाल जेसीज नेपालगन्ज शाखालाई १०० प्रतिशत प्रभावकारिता पुरस्कारद्वारा सम्मानित गरिएको छ ।


नेपाल जेसीज नेपालगन्जका शाखा अध्यक्ष आदित्यकुमार गुप्तालगायत देश भरमा रहेका १७८ नेपाल जेसीज शाखाहरु मध्येबाट १०० प्रतिशत प्रभावकारिता पुरस्कार (100% EFFICIENCY AWARD) बाट शाखा अध्यक्ष आदित्यकुमार गुप्तालाई सम्मानित गरिएको छ ।


नेपाल जेसीज नेपालगन्जका अध्यक्ष गुप्ताले– यो सम्मानको लागि नेपाल जेसीज प्रति हार्दिक आभार व्यक्त गर्नुका साथै सफलताको श्रेय २०२४ का सम्पूर्ण बोर्डका पदाधिकारी, सदस्य, पूर्वअध्यक्षहरुलाई समेत हार्दिक नमन गरेका छन् भने अगामी दिनमा समेत सबैको साथ र सहयोग रहे शाखाले उत्कृष्ट कार्य गर्दै जाने बताउनुभयो ।
नेपाल जेसीज नेपालगन्ज शाखाले जनवरी महिनामा गरेको उत्कृष्ट कार्यहरुमा ईन्स्ट्लेसन कार्यक्रम्, लत्ता कपडा वितरण कार्यक्रम्, प्रथम बोर्ड मिटिङ्, लोम अफिसर तालिम लगायत सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *