Sunday, May 3सत्यम खबर
Shadow

राँझामा हाेली फेस्टिबल हुने

नेपालगन्ज, ११ फागुन ११ – टिम डि एड्जले नेपालगन्जमा होली फेस्टिबल कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ भैयांपुुर राँझामा होली फेस्टिबलको तयारी भैरहेको टिम डि एड्जका सञ्चालक दिनेश थापा मगरले जानकारी दिएका छन् ।
चैत ११ गते होलि पुर्णिामा भएता पनि तराईमा होली भने दोस्रो दिन मनाउने प्रथा भएकाले हामीले पनि चैत १२ गते भब्यताका साथ होलि फेस्टिबल कार्यक्रम मनाउने तयारीमा जुटेको थापाले बताए ।
टिम डि एड्जको आयोजनामा हुन लागेको `होली फेस्टिबल सिज-३´ को तयारी सुरु भैसकेको र सहकार्यका लागि प्रपोजलहरु विभिन्न कम्पनी, संघ संस्थालाई बुझाएको छोै र केहि संघ संस्था र कम्पनीहरुले सहकार्यका लागि मन्जुर भैसक्नु भएको छ । अब केही दिनमा पत्रकार सम्मेलन गरेर होली फेस्टिबलको जानकारी दिने थापा बताए ।
भैंयापुरमा हुने होली फेस्टिबलमा नेपाली गीत-संगीत, घैंटो फोड, डिजे म्युजिकका साथमा आनन्द र उत्सवका लागि तयार भएर बस्न नेपालगन्जियालाई आग्रह समेत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *