
नेपालगन्ज, ९ फागुन – नेपालगन्ज उपमहानगरपालिका भित्र धेरै पहिलेदेखि नै रात्रीकालिन बजारको मांग हुँदै आईरहेको भएतापनि त्यसले मुर्त रुप पाउन नसकेको अवस्थामा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यको पहलमा पुनः छलफललाई व्यापक्ता दिईएको छ ।

पूर्व अध्यक्ष वैश्यका अनुसार नेपालगन्ज पुरानो शहर भएको हुँदा हाल आर्थिक अवस्था जर्जर भएको बेला अस्पतालका विरामी, पर्यटक, मन्दिर दर्शनार्थीहरु, भारत जाने बेला होटलमा बसोबास गर्नेहरु अलपत्र रहेको अवस्थामा रात्रीकालीन बजार सञ्चालन गर्न पाए आर्थिक बृद्धि हुनुका साथै पर्यटकहरुलाई समेत भिœयाउन सकिने बताउनु हुन्छ ।

पूर्वअध्यक्ष वैश्यका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको पुरानो बजार त्रिभुवन चौकको पूर्वलाईन रानी तलाबसम्म शाकाहारी ठेलाहरु तथा त्रिभुवन चौक पश्चिम बिपि चोक कर्नरसम्म मांसाहारी ठेलीहरु सञ्चालन गर्न पहलकदमी गरिएको छ, छिट्टै सञ्चालन हुने समेत बताउनुभयो ।
उक्त विषयमा नेपालगन्जका व्यापारी वर्ग, प्रदेश सरकारका पर्यटनका प्रमुखहरु, नाटा बाँके, नेपालगन्ज उद्योग व्यापार संघलगायतहरुसँग आज पहिलो चरणको छलफल गरी एरिया ईस्ट्रीट फुड कार्यक्रम सञ्चालन गर्ने जानकारी गराईएको छ ।
