Friday, May 1सत्यम खबर
Shadow

अब नेपालीले भारतीय सिमकार्ड पाउन भिसा लागेको पासपोर्ट नचाहिने

काठमाण्डौ, ८ फागुन – अब नेपालीले भारतीय सीम कार्ड लिन भीसा लागेको पासपोर्ट नचाहिने भएको छ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार नेपाली भारतमा रहँदा आफ्नो परिचयपत्रका आधारमा भारतीय सिमकार्ड पाउनेछन्।

‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ,’ शर्माले लेखेका छन्, ‘पहिले प्राविधिक कारणले पाइँदैन थियो। राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय हुनु खुसीको कुरा हो।’

भारतले विदेशीले भारतीय सिमकार्ड लिन भिसा लागेको पासपोर्ट नै चाहिने नयाँ नियम ल्याएपछि भारतमा रहेका नेपालीहरू मारमा परेका थिए। नेपाली नागरिक भारत जाँदा भिसा आवश्यक पर्दैन। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *