Wednesday, May 27सत्यम खबर
Shadow

अपडेटः हालसम्म जिल्ला भित्र र बाहिर गरी जम्मा ३८ को मृत्यु

नेपालगन्ज, २६ असोज – बाँकेमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ सय नाघ्दा डिस्चार्ज हुनेको संख्या साढे १८ सय नजिक पुगेको छ । सोमवार थप ३८ जना डिस्चार्ज भएसँगै भाइरस संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ ।
आईतबार ३६ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ५ पुगेको थियो । पछिल्लो समयमा बाँके जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्यामा उल्लेख्य बृद्धि भइरहेको छ । लकडाउन खुलेसँगै बाँकेमा संक्रमितको सँख्या बढेको छ ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आईतबार बाँकेका विभिन्न स्थानका १७ महिला र १९ पुरुष गरी ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।
फोकल पर्सन श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जना र बागेश्वरी डाइग्नोष्टिक कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा २ गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट जिल्ला भित्रका २६ र जिल्ला बाहिरका १२ संक्रमितको ज्यान गइसकेको छ भने १ हजार ८ सय ४७ संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । जिल्लामा ५ सय ७० जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
यसै आज सोमबार ९ महिनाको एक बालक सहित ३८ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *