Thursday, April 30सत्यम खबर
Shadow

४ महिलासहित ३२ जनाले गरे रक्तदान

खजुरा, २९ माघ – खजुरा गाउँपालिका वार्ड नं.–४ मा रहेको सहायताका लागी सहयोगी हातहरुद्वारा “रक्तदान जीवनदान, जीवनदान महादान” मुख्य उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा ४ महिला सहित ३२ जनाले रक्तदान गरेका छन् ।


सुशील कोइराला प्रखर क्यानसर अस्पताल खजुरा, खजुरा प्रखर परोपकार मिसन नेपाल, आर्दश युवा सञ्जाल खजुराको संयुक्त सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा धु्रव क्षेत्री, उत्सव सिजाली, अशोककुमार घर्तीमगर, यामबहादुर बिष्ट, मनिक केसी, केशवबहादुर केसी, लालजंग भण्डारी, बिष्णु बिक, युवराज अधिकारी, सुभम् श्रेष्ठ, रामेश्वर गौतम, अभूषण जंग शाह, आशीष खडका, निखिल गुप्ता, अमित गुरुङ्ग, बिष्णु बुढाथोकी, कमल पुन, भरत बुढा, रोहित सिंह ठकुरी, नरेन्द्र शाही, रेशम सिंह ठकुरी, धु्रव बिसी, अरुनु गुरुङ्ग, श्रृष्टि चन्द ठकुरी, श्याम, बिशाल सुनार, प्रशन्न गिरी, दीपक खडका क्षेत्री, सृर्जना रानामगर, कुन्तुकुमार खत्री लगायत ३२ जनाले रक्तदान गरेका छन् ।
सुशील कोइराला प्रखर क्यानसर अस्पताल खजुराको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा क्यानसर अस्पताल खजुरामा रहेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र खजुरा इकाई, बाँकेका प्रमुख होमराज गिरी लगायतले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *