Wednesday, May 27सत्यम खबर
Shadow

विभिन्न पार्टीका २७ बढी जसपामा प्रवेश

नेपालगन्ज, २५ असोज – विभिन्न पार्टी परित्याग गरी २७ बढी नेता तथा कार्यकर्ताहरुले जसपामा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा राप्रपा नेपालको आदीवासी जनजाति विभागका केन्द्रीय सदस्य दिपा राना मगर, पुर्व माओवादी नेपालगन्ज उपमहानगरपालिका वडा ९ का बुथ कमिटी अध्यक्ष भुपाल सिंह खड्का, पशुपति मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, राजेन्द्र आले, हेमलता गुरूङ, आलोक पाण्डे, श्याम बुढा सुषमा अधिकारी, भबिसरा घर्ती, कबिता, राना मगर सर्मिला आचार्य लगायत २७ जना बढी रहेका छन् ।


पूर्व शहरी विकास मन्त्री मो. ईस्तियाक राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष राजन राना मगर, सकिल ढपाली, जसपाका नेता तथा तत्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरूदिन राई लगायत अन्य नेताहरूको उपस्थितिमा पार्टी प्रवेश गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *