नेपालगन्ज, १२ माघ – नेपालगन्जदेखि काठमाण्डौ र काठमाण्डौ देखि नेपालगन्जसम्मका लागि अत्याधुनिक नयाँ बस सञ्चालनमा आएको छ । बिहीवार एक कार्यक्रमका विच नेपालगन्जदेखि काठमाण्डौ र काठमाण्डौदेखि नेपालगन्जसम्मका लागि तिनवटा अत्याधुनिक सिट जडान भएको आरामदायी बस सञ्चालनमा आएको हो ।
नेपालगन्ज मै पहिलोपटक निओलाइनर एयर बस कम्पनीको अत्याधुनिक आरामदायी सिट सहितको यात्रा गर्न सकिने बस सञ्चालनमा आएको अनन्त सिद्धि बल्लव यातायात प्रालिका अध्यक्ष योगेन्द्र सिंह ठकुरीले बताउनुभयो । बसमा फोल्डिग सिट, एसी जडान, मोबाईल चार्जर होल्डर, वाइफाइ, पानीको व्यवस्था सहितको अत्याधुनिक बस सञ्चालनमा ल्याएको यातायात प्रालिका अध्यक्ष ठकुरीले बताउनुभयो ।
पुराना तथा अन्य गाडी भन्दा फरक सिट भएको जाडो र गर्मीमा कुनैपनि झण्झट नहुने आरामले काठमाण्डौसम्म यात्रा गर्न सकिने खालको बस सञ्चालनमा आएको उहाँले बताउनुभयो । बसमा ३७ सिट रहेको छ जुन यात्रुलाई कुनै किसिमको समस्या नहुने बस सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
यात्रुहरुको मागलाई मध्यनजर गर्दै तिनवटा बस सञ्चालनमा आएको छ, यसलाई थप गर्ने योजना समेत रहेको छ अध्यक्ष ठकुरीले भन्नुभयो । काठमाण्डौसम्म पुग्न बसमा दुईवटा चालकको सुविधा समेत रहेको उहाँले जानकारी गराउनुभयो । बसमा यात्रा गर्दा कुनै किसिमको थकान महसुुस नहुने खालको आरामदायी सिट भएको बस सञ्चालनमा ल्याएको प्रालिका उपाध्यक्ष बिनोद थापाले जानकारी गराउनुभयो । यात्रा गर्दा थकानको महसुस नहुने सुरक्षितसाथ यात्रा तय गर्ने भएको हुनाले खोजी खोजी अनन्त सिद्धि बल्लव यातायात प्रालिको सुबिधा लिन सम्पुर्ण यात्रु महानुभावहरुमा अनुरोध गरिएको छ ।
यात्रा गर्दा कुनै पनि समस्या पर्दा सिधा प्रालिका उपाध्यक्ष ९८५८०८१५८७ मा सम्पर्क गर्न सकिने प्रालिले जानकारी गराएको छ ।