Sunday, April 19सत्यम खबर
Shadow

घुससहित अख्तियारको फन्दामा सहायक वन अधिकृत नारायण पार्दे

नेपालगन्ज, १२ माघ – बाँकेको राँझामा रहेको सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नारायण पार्दे घुससहित पक्राउ परेका छन् ।
जिल्ला वन कार्यालय डिभिजन प्रमुख अजीतकुमार कर्णले ‘हामीलाई आधिकारिक जानकारी कही कतैबाट आएको छैन तर विभिन्न सञ्चारमाध्यम मार्फत जानकारी भएको हुँदा हाललाई कानुनी अनुरोध गर्नलाई आधिकारिक पत्र प्राप्त हुनुपर्छ । सो पत्र प्राप्त भईसकेपछि सहायक वन अधिकृत पार्देलाई निलम्बन गरिनेछ’ बताउनुभयो ।


सहायक वन अधिकृत पार्दे निलम्बनमा भएपछि सरकारी नियम अनुसार मुद्दा फच्र्योट नहुँदासम्म आधा तलब पाउने डिभिजन प्रमुख कर्णले बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृत पार्देलाई नेपालगन्जबाट पक्राउ गरेको हो । वन अधिकृत पार्देलाई सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ । पार्देको साथमा स्रोत नखुलेको थप ४५ हजार ९ सय ७५ रुपैयाँ समेत भेटिएको थियो ।
सहायक वन अधिकृत पार्देले काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियार खटिएको जनाईएको छ ।
यस बारे सत्यमखबर डटकमले पटक–पटक सम्बन्धित पक्षहरुलाई जानकारी समेत गराईसकेको थियो । सहायक वन अधिकृत पार्देले नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका काठका मिलहरुबाट पैसा असुल गर्दै आईरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *