Saturday, November 23सत्यम खबर
Shadow

पठन संस्कृति बिकास गर्न कारागारमा पुस्तक हस्तान्तरण

नेपालगन्ज,२८ पाैष – कारागारमा रहेका कैदीहरुमा पनि पठन संस्कृतिकाे बिकासका लागि नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बाँकेले नेपालगन्ज कारागारमा पुस्तक हस्तान्तरण गरेकाे छ ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघकाे १७ औं स्थापना दिवसको अवसर पारेर महासंघले पुस्तक हस्तान्तरण गरेकाे हाे । महासंघका बाँके अध्यक्ष सागर ज्ञवालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम सुवेदी बिशिस्ट अतिथ जिल्ला कारागार नेपालगन्जका जेलर अर्जुनजंग शाह र याेग समिति नेपाल बाँकेका संस्थापक याेगगुरु डा. गिरीराज भट्टराई, नारायण ज्ञवालीकाे आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका करिव १०० जना पुस्तक ब्यवसायी तथा कारागार प्रशासनका सदस्यहरुकाे उपस्थित रहेकाे थियोे ।

उक्त कार्यक्रमकाे अवसरमा पठन संस्कृतिकाे बिकास मार्फत कैदीबन्दी जीवन बिताईरहेका बन्दीहरुकाे आगामी जीवनमा केही परिवर्तन ल्याउन सहयाेग पुग्ने अपेक्षा गरिनुका साथै आगामी दिनहरुमा समेत यस्ता सामाजिक उत्तरदायित्वका बिबिध कार्यक्रम मार्फत सहयाेग आदान-प्रदान गरिने कार्यक्रममा बाेल्ने वक्ताहरुले ब्यक्त गरेका थिए ।

करिव ३०० थान विभिन्न पुस्तकहरु सहयाेग गरिएकाे उक्त कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिक सुवेदी, नारायण ज्ञवाली, कारागारका जेलर अर्जुनजंग शाह लगायतले मन्तब्य राखेकाे संघका प्रथम उपाध्यक्ष दिनेश रिमालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *