Thursday, April 23सत्यम खबर
Shadow

यस आर्थिक वर्षमा वडाभित्रका सबै पूर्वाधार निर्माण कार्य सम्पन्न गरिने– वडाध्यक्ष बर्मा

नेपालगन्ज, १९ पौष – देश भित्रका पूर्वाधार निर्माण कार्यमा कुन वडाले कतिको फड्को मारेको अवस्था छ त्यो आजको प्राविधियुक्त समयमा कसैबाट लुकेको होला भनी भन्न सकिन्न । तर बाँके जिल्ला भित्र रहेका ८ वटै पालिका मध्ये उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले गरेको कार्यलाई सबैले सराहना गरिरहेका छन् । आम नागरिकदेखि उन कै समकक्षीहरुले समेत वडा नं. १८ ले प्रत्यक्ष कार्यमा मारेको फड्को बारे चर्चा गरिरहेको पाईन्छ ।
यसैक्रममा नेपालगन्ज वडा नं.–१८ मा थप पूर्वाधार विकास निर्माणमा एकपछि अर्को शुरूवात गरिएको छ । वडाको क्षेत्रभित्र रहेका सम्पूर्ण टोलहरूमा आवश्यकता अनुसारको मागलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार बिकास निर्माणको कार्यको यस आर्थिक वर्षमा आज पाँचौ शुरूवात गरिएको छ ।


सोही क्रममा बिहिबार नागरिक टोल अन्तर्गत पण्डित महाराजको घर हुँदै दक्षिण हिरालाल प्रसाई (कवि) को घर अगाडी बाटो पूर्वाधार निर्माणको कार्य शुरू गरिएको वडा अध्यक्ष बर्माले जानकारी गराउनु भयो ।
उक्त नागरिक टोलमा निर्माण हुन लागेको बाटो करीब ३ सय ५० मिटरको आर.सी.सी नालासहित सडक निर्माण कार्यको बिहिबार औपचारिक रूपमा पुजा पाठ गरेर वडा अध्यक्ष बर्मासहित वडा सदस्य, नागरिक टोलबासीको टोलीले शिलान्यास गरेका छन् ।


३५ लाखको लागतमा निर्माण हुन लागेको तथा यस अगावै यस आर्थिक वर्षमा रु. ५० लाख गरी रु. एक करोडको लागतमा नाला तथा सडक निर्माण तदारुक्ता साथ भइ रहेको वडा अध्यक्ष बर्माले जानकारी दिनुभयो ।
वडाको योजना अनुसार आवश्यक मागलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयनलाई अघि बढाएका छौं, वडा अध्यक्ष बर्माले भन्नुभयो, वडाको सम्पूर्ण टोलहरूमा सहज आवागमन हुने वातावरण निर्माण गर्न र वडाबासीले जनप्रतिनिधिलाई बिश्वास गर्ने अवस्था कायम होस् भन्ने उद्देश्यले कामहरू चरण चरणमा सञ्चालन तथा यसै आर्थिक वर्षमा वडाभित्र रहेका सम्पूर्ण सडक स्तर उन्नति गर्ने वडाध्यक्ष बर्माले बताउनुभयो ।


संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज अन्तर्गत शुरू भएको निर्माण शिलान्यास कार्यक्रममा वडा सदस्यसहित टोलबासी, संघीय आयोजना कार्यालयको सहयोगी र वडाका अगुवाहरूको उपस्थिति रहेको थियो ।
यो चालू आर्थिक बर्षमा यसभन्दा पहिला यस वडामा विशाल चोक मोडेल एकेडेमी टोल, छ कुने चोक लगदहवाभित्र नाला तथा भित्री सडक निर्माण, यातायात कार्यालयदेखि पुर्व गोर्खा साईकल हुँदै स्प्रीङ्गडेल एकेडेमी स्कुल टोलको सडक निर्माण कार्य जारी छ ।
वडाध्यक्षले दिएको अनुसार अनुसार शिक्षा क्षेत्रमा आवश्यक भवन निर्माण, स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, सामाजिक सहकार्य गरिनुका साथै खेलकुल क्षेत्रमा समेत लगानी गरिने वडाले पहल कदमी गर्नुका साथै वडा भित्रका अन्य विकास सम्बन्धी गतिविधिहरुलाई अग्रता प्रदान गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *