Thursday, April 23सत्यम खबर
Shadow

डुडुवाद्धारा गाउँमै सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवा, १७ पौष – बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को प्रथम त्रेमासिक अन्तर्गत साउनदेखि असोजसम्मको भत्ता वितरण गर्न थालिएको हो ।
गाउँपालिकाको वार्ड नं. २ बेतहनीबाट सोमबारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वार्ड नं. २ का जेष्ठ नागरिकलाई रकम हस्तान्तरण शुभारम्भ गर्नुभयो ।


भत्ता विरतण कार्यको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले चिसोको मौसममा नागरिकलाई सहजकताका लागि यस वर्ष बैंकका कर्मचारीहरु वडा वडामा पुगेर भत्ता वितरणको कार्य सुरु गरिएकोे बताउनु भयो । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घर मै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडा (गाउँस्तर) मै बोलाएर वितरण गर्न लागेको बताउनु भयो ।
भत्ता वितरण कार्यक्रममा पालिकाका उपाध्यक्ष शाहिदा बानो, २ नं.का वडा अध्यक्ष दुर्गाप्रसाद बर्मालगायतको उपस्थिती रहेको थियो । वार्ड नं. २ अन्तर्गत प्रहरी चौकीमा सोमबार भत्ता वितरण गर्न सुरु गरिएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराँतीले बताउनुभयो । उहाँका अनुसार पालिकाले आर्थिक वर्षको दोस्रो त्रेमासिकको भत्ताको रकम इएफटी प्रर्णालीको समस्याका कारण खातामा रकम जम्मा नभएकाले पहिलो त्रेमासिकको रकम वितरण गर्न लागिएको र यो रकमपछि वितरण हुनेछ ।


गाउँपालिकामा पहिलो त्रेमासिकका लागि चार हजार तीन सय ३८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकका वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो ।
वडासचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु चार हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु दुई हजार ६ सय ६०, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रति महिना रु तीन हजार नौ सय ९०, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रति महिना रु दुई हजार एक सय २८ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रति महिना रु पाँच सय ३२ का दरले रकम वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *