
नेपालगन्ज, १६ पौष – चर्चित गायक तथा मोडल दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ गीतले नेपालगन्ज महोत्सवमा तहल्का मचाएको छ ।
नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवको एघारौं दिन महोत्सवमा आउनुभएको चर्चित गायक तथा मोडल दुर्गेशको प्रस्तुतीले महोत्सवमा तहल्का मचाएको थियो । दुर्गेशले महोत्सवमा गाउनुभएको ‘भन भन केटा हो राम्ररी भन, घमण्डी केटी, बोम बोम भोले भोले, हामी पनि नाच्नु पर्छ बिच बिचमा, भाग भाग, जय सम्भु जय सम्भु’ लगायतका प्रस्तुतीमा महोत्सवका दर्शकहरु रमाई रमाई नाचेका थिए ।
दुर्गेशको जोशसहितको एकपछि एक आफ्नो चर्चित चर्चित करिब आधा दर्जन प्रस्तुतीले दर्शर्क नाच्न बाध्य भएका थिए । दुर्गेशले चर्चित चर्चित गीतको प्रस्तुतीमा आफ्ना टिमसहित नाचेका तथा दर्शकलाई नचाएका थिए ।

गायक चन्द्र शर्माले गाउंनुभएको चर्चित गीत, बाच्छीले धान खायोमा दर्शकहरु झुमी झुमी नाचेका थिए । महोत्सवको एघारौं दिन दुर्गेश थापा सहित चर्चित कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो । आईतवार महोत्सवमा आएका चर्चित अभिनेता शौगात मल्ल, हाँस्य कलाकार कमलमणि नेपाल लगायतले एक पछि एक बेजोड प्रस्तुतीले महोत्सवका दर्शकलाई भरपुर्ण मनोरञ्जन गराएका थिए ।
यस्तै भोली (सोमवार) चर्चित गायक गोपाल नेपाल जीएम, गायीका तथा उद्घोषिका शोभा त्रिपाठी र पर्सी (मंगलवार) चर्चित गायिका रचना रिमाल, चचित भोजपुरी मोडेल तथा टिकटक स्टार प्रिती पासवान लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संयोजक नन्द बुढाले जानकारी गराउनुभएको छ ।
यस्तै महोत्सवमा हरेक दिन प्रदेश स्तरिय डान्स आइडल प्रतियोगिता तथा सगरमाथा डान्स गु्रपको समेत बजोड प्रस्तुती रहने संयोजक बुढाले जानकारी गराउनु भएको छ ।
