
नेपालगन्ज, २४ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १६ महिलासहित ३१ जना निको भई घर फर्किने भएका छन् ।
असोज १० गते कोरोना संक्रमित देखिएका उनीहरु आज शनिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

हालसम्म बाँके जिल्लामा २ हजार ३ सय २७ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ७ सय ९३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय ३० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७७.५ रहेको छ भने बिरामी मृत्यु दर १.३ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३९ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ७ महिलासहित २५ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।
