Sunday, April 26सत्यम खबर
Shadow

स्वर्गीय श्री ५ बिरेन्द्रको ७८ औ जन्मजयन्तीमा दीप प्रज्वलन

नेपालगन्ज, १४ पौष – राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेको आयोजनामा आज शनिबार पौष १४ गतेका दिन स्वर्गीय श्री ५ बिरेन्द्र बिर विक्रम शाह देव (राजा) को ७८ औ जन्म जयन्तीको अवसरमा नेपालगन्जको बिरेन्द्र चौकमा राजा बिरेन्द्रको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।


राप्रपा बाँके जिल्ला अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न गरिएको दीप प्रज्वलित कार्यक्रममा राप्रपा केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटा, आमन्त्रित केन्द्रीय सदस्य नन्दलाल बैश्य, केन्द्रीय जनजाति बिभाग प्रमुख बिन्दु चर्तीमगर, मुस्लिम बिभाग प्रमुख सलाउद्दीन जसगढ, लुम्बिनी प्रदेश उपाध्यक्ष नीतू चन्द, युवा लुम्बिनी प्रदेश संयोजक हुकुम केसी, युवा जिल्ला अध्यक्ष यूबराज शाही, क्षेत्रीय अध्यक्ष बिरेन्द्र गहतराज, नगर अध्यक्ष बिबेक गिरी, राप्रपा नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र सिंह, लगायत केन्द्र, प्रदेश तथा जिल्ला स्तरका एक सयभन्दा बढी नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो ।


दीप प्रज्वलन कार्यक्रम पश्चात काठमाण्डौमा प्रहरीको गोलीले मारिएका सूजन रावत र बिरेन्द्र शाहको मृतआत्माको शान्तिको लागी १ मिनेट मौन धारण गरि कार्यक्रम समापन गरेका थिए ।
दीप प्रज्वलित कार्यक्रम समापन लगतै राप्रपा युवा संगठनले गृहमन्त्रीको पुतला दहन गर्नुका साथै केही समय बिरेन्द्र चौकमा सडक जाम गरि नेपाल सरकार बिरुद्ध नारा बाजी समेत गरेका थिए । गृहमन्त्रीको पुतला दहन गर्न लाग्दा प्रहरी र प्रदर्शनकारी बिच सामान्य झडप समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *