
नेपालगन्ज, १३ पौष – बाँकेमा गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले आज शुक्रवार आयोजना गरेको बृहत रक्तदान कार्यक्रम महिला तथा पुरुष गरी १ सय १३ जनाले रक्तदान गरेका छन् ।
गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनका संस्थापक अध्यक्ष गौरव शाहको जन्मोत्सवको अवसरमा आयोजित बृहत रक्तदान तथा ई–रिक्सा हस्तान्तरण कार्यक्रम सचिव सुकराम ठाकुरद्वारा सञ्चालित रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट र संस्थाका संरक्षक प्रदीप शाहले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सुनिता कुमाईलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम को उद्घाटन गर्नु भएको थियो ।

गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा राजिव अधिकारी, हेमराज चौधरी, सुवास खत्री, अपराजित चन्द, फिरोज खान, सुल्तान खान, सरोज अली बेहना, चेत नारायण, जय बिक्रम दहित, नरेश खडका, कृष्ण चौधरी, दिपेश कडेल, रोशन केसी, बिपिन राना, रमेश थारु, रियाज शेष, दिव्य देवबंशी, अमृत राना, संस्थाका उपाध्यक्ष करन साह, रंजीत बुढाथोकी, सनम थापा, अनुप शाही, नन्का नाउँ, अमन सोनी, आर्दश सोनी, कमल बोहरा, दिपक परियार, अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्र, मान्सी गोडिया, सागर नाउँ, बिबेक केसी, रमेश शाही, लक्षमण कार्की, कुसुम खत्री, बिपुनकुमार वर्मा, बिबेक रोकाया, सिद्धार्थ भारती, सुदीप सिंह चौधरी, दिपेश थापा, अनिरुद्र क्षेत्री, मीनबहादुर बुढा, सोरव शाह, लक्षमणकुमार थापा, राज कौशल, शुभदीप श्रेष्ठ, सौगात आचार्य, शंकर सिंह, सुशान्त रानामगर, उज्वल थापामगर, भवेष मल्ल, अभिराज चौधरी, चन्द्रबहादुर धामी, प्रकाश बुढा, सागर बिष्ट, नितेष बौडेल, बिनोदकुमार, निकित खडका, बिवेक श्रेष्ठ, मिलन बिष्ट, उत्सव सिंह, यश हमाल, सौगात श्रेष्ठ, प्रशान्त शाही, सुशान्त खत्री (सुसन), समीर घर्तीमगर, मंकली खडका, अनुराज पाण्डे, एकेन्द्र कुवँर, रञ्जित सिंह, शंकर मल्ल, डम्बर बहादुर ओली, पारस बहादुर ओली, लक्षमण भण्डारी, पवन कुमार राँढ, ताज मोहम्मद, लक्ष्मी मगर, आदिल इद्रिसी, अजय कोरी, सबन खान, लच्छीराम हरिजन, अनिश भण्डारी, आयुश थापा, अतिश अधिकारी, रोशन थापामगर, सल्मान अन्सारी, चेतन अधिकारी, सीताराम कोरी, राजकुमार कश्यप, सौभाग्य बिश्वास, शरद रानामगर, अफजर हलवाई, अमृत श्रेष्ठ, खगेन्द्र साउद, जय नारायण शाही, बशिष्ठराज भट्ट, अमन गुप्तालगायत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रशान्त बिष्ट, समाजसेवी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, संस्थाका संरक्षक प्रदीप शाह, नेका बाँके महासमितिका सदस्य निरञ्जन सिंह सिजापति, दैलेखी समाजका अध्यक्ष पूर्ण गिरी लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उप्न्द्र रेग्मी, सोमप्रकाश सापकोटा, सुनिता कुमाई, प्रशान्त तिवारी, मनिाष चन्द, केशर सिंह डाँगी र बीरेन्द योगीले प्राविधिकमा सहयोग गरेका थिए ।
यसरी सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.४ का वडाध्यक्ष गोपाल पुन, वडा सदस्यद्वय उत्तमसिंह सिजापति, सलीम मुसलमान, नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन ओली, साहू समाज बाँकेका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष रामकिसुन साहू, संस्थाकी सह सचिव प्रेमा शाही, शिवम् शाह, सल्लाहकार तोजेन्द्र विक, संस्थाका पदाधिकारी, साहू समाजका पदाधिकारी स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

यसरी उक्त कार्यक्रममा गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनले आर्थिक स्थित एकदम नाजुक भएका तथा एउटा खुट्टा नभएका बिकलाङ्ग नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.५ का राजु खानलाई जीवन यापन गर्नका लागी ई–रिक्सा प्रदान गरेको छ । सो ई–रिक्सालाई प्रमुख अतिथि प्रशान्त बिष्ट र संस्थाकी अध्यक्ष मधु शाहले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशमा सवैभन्दा बढी रक्तदान गर्ने स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयंसेवी रक्तदाता पवन जायसवाललाई संस्थाकी अध्यक्ष मधु शाहले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशनका परिकल्पनाकार नेपालगन्ज वडा नम्बर ४ निवासी गौरव शाहले आफ्नो पाकेट खर्चलाई बचाएर समाजमा स–सानो आवश्यकतामा परेका र आफूले देखे जतिका व्यक्तिलाई सहयोग गर्दै आई रहेका थिए ।
गौरवको उक्त मानवीय कार्यलाई उनीहरूका साथीहरूले पनि साथ दिएका थिए । फाउण्डेशन दर्ता गर्नु अगाडीदेखि नै सामाजिक सेवा गर्ने मन भएर मनवीय कार्यहरु गर्दै आएका थिए । अन्य दातृ निकायको सहयोग विना नै स–साना आधारभूत आवश्यकताबाट वञ्चित व्यक्तिलाई पाकेट खर्च बचाएर पनि सहयोग गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएका गौरवको परिकल्पनाले नै आज गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनको जन्म भएको हो ।
सामाजिक काममा निरन्तर लागि परेका गौरवले सबै युवा जनशक्तिलाई एकत्रित गरी संंस्था दर्ता गरेर बृहत रूपमा मानव सेवा गर्ने सोच बनाएका थिए । दुर्भाग्य समाजमा रहेका विपन्न, गरिब, दुखीलाई केही गर्छु भन्ने महान सोच लिएका गौरव धेरै समय हामी माझ रहेनन् । वि.सं. २०७८ साल असार १ गतेमा मृत्यु भइसकेपछि घरपरिवारले उहाँको सोंचलाई पूरा गर्ने उद्देश्यले गौरवका बुबा प्रदीप शाहले गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेसन वि.सं.२०७८ सालमा दर्ता गरेका थिए । उक्त रक्तदानको अवसरमा ९८ पटक रक्तदान गरेका पवन जयसवाललाई सम्मान गरिएको थियो ।
