Tuesday, April 21सत्यम खबर
Shadow

लोककल्याणकारी बिज्ञापन सम्बन्धी छलफल सम्पन्न

जिल्ला हुलाक बाँकेले आज आईतवार बाँके जिल्लामा लोक कल्याणकारी विज्ञापन प्रकाशन गर्ने संचार गृहहरुसँगको छलफल वैठक सम्पन्न गरेको छ ।
उक्त वैठकमा जिल्लाका १२ वटा संचार गृहका प्रकाशक तथा प्रतिनिधीहरुको उपस्थीती रहेको थियो । वैठकमा जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले लोक कल्याणकारी विज्ञापन प्रकाशित गर्ने प्रिन्ट संचार माध्यमले नियमित रुपमा पत्रिका प्रकाशन गर्नु पर्ने, प्रत्येक महिनाको लागि तोकिएको विज्ञापन तोकिएको पेजमा र तोकिएको साइजमा प्रकाशित गर्नु पर्ने ।
अघिल्लो महिनाको पत्रिका र विल भरपाई लगमयतका कागजातहरु पछिल्लो महिनाको पहिलो हप्ता भित्र जिल्ला हुलाक कार्यालय बाँकेमा दर्ता गराई सक्नु पर्ने विषयमा जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *