Sunday, April 19सत्यम खबर
Shadow

सिद्धार्थ बैंकको रक्तदानमा ४४ जनाले रक्तदान

नेपालगन्ज, ६ पौष – सिद्धार्थ बैंकद्वारा आयोजित रक्तदान कार्यक्रममा आज ४४ बढीले रक्तदान गरेको छ । आफ्नो २१ आंै वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४४ बढीले रक्तदान गरेको जनाएका छन् ।
सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा लुम्बिनी प्रदेश स्थित आफ्नो नेपालगन्ज शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटीसँगको समन्वयमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै ग्राहकहरु एवं स्थानीयबासीहरु गरी ४४ जना रक्तदाताहरुको सहभागिता रहेको थियो ।


अस्पतालहरुलाई जहिले पनि रगतको ठूलो आपूर्तिको आवश्यकता रहेको र यस अभावलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्य लिई बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । साथै बैंकको आफ्नो २१ औं वार्षिकोत्सव कै उपलक्ष्यमा देशका अन्य प्रदेशहरुमा पनि रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकि· सेवाको पहुँच पु¥याउने उद्देश्य बैंक देशैभर १९६ वटा शाखा (५ एक्सटेन्सन काउन्टर सहित) ७३ शाखा रहित बैंकि· सेवा, २२६ एटिएम मार्पmत ग्राहकलाई उच्चस्तरिय र आधुनिक बैंकि· सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *