Sunday, April 19सत्यम खबर
Shadow

एनसेलको सेयर खरिद–बिक्रीको विषयमा सरकार गम्भीर छ: प्रधानमन्त्री

काठमाण्डौ, ४ पौष – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।

मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका हुन् ।

आफू विदेशमा हुँदा यसबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै उनले एनसेलको सेयर मूल्यांकन न्यून भएको र कल छलीको विषयमा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई छानबिन गर्न निर्देशन दिएको बताए ।

साथै यसबारे छानबिन गर्न समिति बनाएको बताउँदै उनले समितिले विदेशी लगानीमा पर्ने असर, राजस्वमा पर्ने असर लगायतका विषयमा ३० दिनभित्र अध्ययन गरेर सुझाव तथा रायसहितको प्रतिवेदन दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *