
काेहलपुर, ३ पाैष – कोहलपुर नगरपालिका १५ चौधरीया गाउँमा निर्माणधिन अवस्थामा रहेको सडक र अस्फाल्ट कालोपत्रेको ठेक्का खुशी बिल्डर्स नामको कम्पनीले ट्यन्डर मार्फत कोहलपुर नगरपालिकाबाट ४७ लाख ४६ हजार २ सय ३४ रुपैयाँको लगानीमा ‘बरको रूख अगाडिदेखि चौधरिया चोक’सम्मको चार सय मिटर सडक कालोपत्रे गर्ने गरी खुसी विल्डर्सले ठेक्का लिएको थियो ।
खुशी बिल्डर्स कम्पनीले २०८० साल बैशाख २० गते उक्त ठेक्काको सम्झौता गरि सडक निर्माणको काम अगाडि बडाएको थियो । अस्फाल्ट प्रवृत्तिबाट सडक पिच गर्ने सम्झौता भएपछि निर्माण कै क्रममा कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीको टोलि सहित उक्त सडकको अनुगमन गर्न उक्त स्थलमै पुगेको थियो ।
इन्जिनियरसहित पुगेको टोलीले ‘कोरकटिङ’ गरी कालोपत्रेको विटुमिन परीक्षण हेर्दा मापदण्ड अनुसार नभएको पाइएन । सो बेला उपमेयर तथा अनुगमन समिति संयोजक सुबेदीले तत्काल निर्माण कम्पनीलाई एक हप्ताभित्र मापदण्ड अनुसार पुनः कालोपत्रे गर्न निर्देशन दिइन् ।
उनको निर्देशनपछि करिब दुई सय मिटर कालोपत्रे उप्काएर निर्माण कम्पनीले एक हप्ता मै पुनः कालोपत्रेको काम पूरा गरेको थियो ।
बरको रूख अगाडिदेखि चौधरिया चोक’सम्मको चार सय मिटर सडक कालोपत्रे गर्ने गरी साढे पाँच मिटर चौडाइ भएको उक्त सडकको बायाँतिरको करिब दुई सय मिटर सडकखण्ड भत्काएर पुनः कालोपत्रे गरिएको योजना शाखा प्रमुख हरि ओलीले जानकारी दिए । यतिबेला ठेक्केदारको बदमासी भन्दै चौतर्फी समाचार देखेपछि खुशी बिल्डर्स कम्पनीका सञ्चालक आत्तिए । सञ्चालक उमेश चन्द भन्छन यो सब प्राविधिक त्रुटिका कारण सडक पिच गर्ने क्रममा त्रुटि आएतापनि हाम्रो नगरपालिकासँग भएको सम्झौता अनुसार सडक निर्माण सम्पन्न भैसकेको अवधिपछि पनि १३ महिनासम्म सडकको पुर्णनिर्माण गर्ने सर्त हुन्छ र हाम्रो धरौटी बापतको जम्मा भएको रकम समेत १३ महिनासम्मलाई ग्यारेन्टीको रुपमा रहेको हुँदा कम्पनीले कुनै किसिमको बदमासी नगरेको बताएका छन ।
हामीले यसै बिषयमा उपमेयर संगिता सुवेदीसंँग प्रश्न गर्दा आफुले आफ्ना मातहतका पत्रकारलाई फोटो पठाइ समाचार लेख्न लगाएको स्वीकार गरेकी छन । तर यता भने कम्पनीका सञ्चालक भन्छन समाचार आउनु नराम्रो भने होइन तर बदमासी भन्ने शब्दले आफुलाई चित्तबुझ्दो भएन र समाचार लेख्दा एकपक्षे ढंगले भएको हुँदा आफ्नो चरीत्र हत्या गर्न खोजिएको बताएका छन् ।
