Tuesday, April 21सत्यम खबर
Shadow

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ, २८ मंसिर –नेपाल प्रहरीले गत बिहीबार नागढुंगाबाट बरामद गरेको दुई किलोग्राम सुन प्रकरणमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद सुन ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौंको सोह्रखुट्टे बस्दै आएका २७ वर्षीय चिनियाँ नागरिक चेन झिउईलाई आइतबार पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले सुन ओसारपसारमा संलग्न रहेको आरोपमा झिउईलाई पक्राउ गरेको जानकारी दिए। गत बिहीबार प्रहरीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कार्पियो गाडीको गियर बक्सबाट दुई किलो सुन बरामद गरेको थियो।

त्यस क्रममा रसुवाबाट सुन लिएर काठमाडौं आउँदै गरेका रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्यालछिरिङ तामाङ, २६ वर्षीय बिरू तामाङ र १९ वर्षीय सुनील भुजेल पक्राउ परेका थिए। उनीहरूकै सूचनाका आधारमा आइतबार चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *