
नेपालगन्ज, २२ मंसिर – १६ दिने लैगिक हिंसा विरुद्धको अभियान अन्तर्गत अखिल नेपाल महिला संघ बाँकेले “महिला हिंसा अन्त्यका लागि सुदृढ संगठन, हिंसा मुक्त समाज निर्माणमा लगानी हाम्रो अभियान” भन्दै लंैगिक हिंसा अन्त्यको सुनिश्चिताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने यस बर्षको मुल नाराका साथ बिद्यालयको किशोरीहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

अखिल नेपाल महिला संघ बाँकेकी अध्यक्ष मिना ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले १६दिने लैगिक हिंसा विरुद्धको अभियानको इतिहास, दिवश मनाउनुको कारण, किशारीलाई स्वास्थ्य सचेतनाको आबश्यकता लगायतका विषयमा जानकारी गराउनु भएको थियो । यसैगरी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एकमाया विकले लैंगिक हिंसा विरुद्ध आफुले भोगेका अनुभव सुनाउदै किशोरीहरुलाई लैंगिक हिंसा विरुद्ध खुलेर लाग्न र लैंंगिक हिंसा सहेर नबस्न सुझाव दिनु भयो । प्राय महिलाहरु पूरुषको दाजोमा बढि मात्रामा लैगिक हिंसा खेप्ने भएका कारण महिलाहरुलाई सचेत पार्ने उदेश्यले किशोरीहरुलाई सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।

सरस्वती माध्यमिक विद्यालय नेपालगन्ज कक्षा ९ र १० मा अध्ययनरत किशोरीहरुको सहभागीतामा उक्त कार्यक्रम गरीएको हो । स्वास्थ्यकर्मी शर्र्मिमला थापाले किशोरी रजस्वला भएको अवस्थामा अपनाउनु पर्ने सतर्र्कता, सरसफाइ, ध्यान दिनुपर्र्र्ने कुरा लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो । यसैगरी स्वास्थ्यकर्मी सुमन गिरीले गुडटच र व्याडटच के के हो र कसरी छुट्याउने केके सर्तकता अपनाउने जस्ता विषयमा प्रशिक्षण दिनु भएको थियो ।

किशोरीहरुलाई लक्षीत गरी सञ्चालन गरिएको कार्यक्रममा अनेमसंघ प्रदेश सदस्य तलत प्रविण खान, अनेमसंघ जिल्ला कमिटि कोषध्यक्ष कमला तिवारी, सदस्य कला भुसाल, ज्ञानु केसी, अनेमसंघ नगर कमिटि अध्यक्ष रीना पौडेल,उपाध्यक्ष मैया तिवारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी किशोरीहरुले किशोरावस्थामा हुने परिवर्तनका विषयमा चोसोका साथ सुन्ने र जिज्ञासा राख्ने गरेका थिए ।
स्वास्थ्य सचेतना कार्यक्रम नेपालगन्ज नगरपालिकाका प्रत्येक वडामा सञ्चालन गर्न जरुरी रहेको पनि कार्यक्रममा जोड दिइएको थियो ।
