Friday, May 1सत्यम खबर
Shadow

विश्व एड्स दिवसमा दिप प्रज्वलन

नेपालगन्ज, १४ मंसिर – बिश्व एड्स दिवसको पूर्वसन्ध्या तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा नेपालगन्जमा दिप प्रज्वलन गरिएको छ ।

२५ नोभेम्बरदेखि शुरु भएको १६ दिने अभियान तथा शुक्रबार मनाइने बिश्व एड्स दिवसको अवसरमा माइती नेपालको आयोजनामा बिहीबार साँझ नेपालगन्जको बीपी चोकमा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख महिला बिकास अधिकृत मञ्जु पाण्डेय, महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख प्रहरी निरीक्षक महेश्वरी बिष्ट, नेपालगन्जकी निवर्तमान उपमेयर उमा थापा, साथी संस्थाकी केन्द्रीय सदस्य सरस्वती शर्मा, ए एच एफ नेपालका कार्यक्रम संयोजक सञ्जय पौडेल, शक्ति समूहकी कार्यक्रम संयोजक निर्मला पौडेल, साना हात नेपालकी कार्यक्रम संयोजक अम्बिका थापा, महिला अधिकारकर्मी साहिला शाह वाहिदी, आइ एन एफ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार १६ दिने अभियान र बिश्व एडस दिवसको अवसरमा देशै भरका शाखामार्फत बिबिध कार्यक्रमहरु हुने गरेको छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लेंगिक हिंसा बिरुद्ध १६ दिने अभियान तथा डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवस मनाइने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *