Monday, May 4सत्यम खबर
Shadow

भारत आतंकबादको विरुद्धमा उभिने देश हो, क्यानडालाई प्रमाण दिन चुनौती पेश

काठमाण्डौ, १२ असोज – खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको क्यानडाका प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको चुनौंती दिदै भारतले प्रमाण पेश गर्न माग गरेको छ ।
शिख पृथकतावादी नेता निज्जरको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यस सम्बन्धमा क्यानडा सँग जानकारी मागेको हो ।
नयाँ दिल्लीले निज्जर हत्या सम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनसुन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ । संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए ।
हालै क्यानडाले निज्जर हत्यामा भारतको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताए पछि ओटावा र नयाँ दिल्ली बीचको सम्बन्ध नराम्ररी विग्रीएको छ ।


आपसी सम्बन्धमा यति तनावपूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्काशन गर्ने देखि लिएर भिसा नदिने सम्मका निर्णय गरेका छन् । भारतले क्यानाडको विश्वसनीय सूचना भएको उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ । भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा छानबिन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री एस जयशंकरले त्यसमा दिल्लीको कुनै भूमिका नभएको दोहोर्याए । उनले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती पनि दिए ।
हरदीप सिंह निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । उनलाई सन् २०२० मा भारतले आतंकवादी घोषणा गरेको थियो । यद्यपि उनका समर्थकहरूले यसलाई अस्वीकार गर्दै आएका छन् ।
पश्चिमा देशहरूमा पृथकतावादीहरूको खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै विरोधप्रदर्शन गर्नेलगायत भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ ।
खालिस्तानी आतंकबादीहरुको आश्रयस्थल अहिले क्यानडा बनेको छ । खालिस्तानी आतंकबादीलाई क्यानडाको सरकारले सबै सुविधाहरु उपलब्ध गराइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । भारत जहिले पनि आतंकबादको विरुद्धमा सिंगो विश्वलाई एक ढिक्का बनाउने र शान्त र असल सिंद्धान्तको लडाई लड्ने गरेको विदेश मन्त्री जयशंकरले भने । तराई टप

Leave a Reply

Your email address will not be published. Required fields are marked *