Thursday, April 23सत्यम खबर
Shadow

हुलाक प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार २०७९ प्रदान

नेपालगन्ज, २४ भाद्र – जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गाेविन्दप्रसाद पाण्डेलाई निजामती सेवा पुरस्कार २०७९ प्रदान गरिएकाे छ ।
निजामती सेवा दिवस २०८० काे अवसरमा निजामती सेवा दिवस मुल समाराेह समितिले सिंहदरवार काठमाण्डाैमा आयाेजना गरेकाे कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नगद पचास हजार पुरस्कार र ताम्रापत्र प्रदान गर्नु भएकाे छ ।
हरेक कार्य क्षेत्रमा ताेकिएका कामहरू इमान्दारी पूर्वक सेवाग्राही केन्दीत भएर परिवर्तनसिल धारबाट गरेकाेले आफु पुरस्कृत भएकाे पाण्डेले बताउनु भयाे ।
हाल हुलाकमा गरेका सुधार तथा विगतमा वाणिज्य कार्यालयमा सेवा प्रवाह तथा उपभाेक्ता हितका क्षेत्रमा गरेका परिवर्तन मुखी काम, काेहलपुर नगरपालिका लगायतका स्थानीय तहमा गरेका संस्थागत सुधार, वातावरण तथा सरसफाई, सड्क बिस्तार तथा सीप र क्षमता विकास अभियानहरू आफु पुरस्कृत हुने थप आधार भएकाे उहाँले बताउनुभयाे । यसबाट आफुमा थप हाैसला बढेकाे समेत बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *