
रौतहट, ५ भाद्र – भारतमा गोलभेंडाको अभाव भएपछि नेपालले दुई सातामा करिव पौने सात लाख किलोग्राम गोलभेंडा (टमाटर) को भारत तर्फ निकासी भएको छ ।
यो विवरण सरकारी निकायको रेकर्डमा प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भइसकेको आशंका गरिएका छन् ।
भारतीय बजारमा गोलभेंडाको मूल्य उच्च भएपछि गत साउन २१ गते भारतले नेपालको गोलभेंडा माथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसपछि १ भदौ सम्म वीरगञ्ज, काँकडभिट्टा, भैरहवा भन्सार भएर गोलभेंडा निर्यात भएको त्यहाँका भन्सार कार्यालयहरुले जनाएका छन् ।
तीन वटा भन्सार कार्यालयको विवरण हेर्दा १ भदौ सम्ममा ६ लाख ६९ हजार ६८० किलो गोलभेंडा नेपालबाट निर्यात भएको छ । ८० लाख ३६ हजार १६० रुपैयाँ मूल्य बराबरको गोलभेंडा भारत तर्फ निर्यात भएको भन्सारको तथ्याँकले जनाएको छ । भन्सार कार्यालयहरुको विवरणअनुसार नेपालबाट निर्यात भएको गोलभेंडाको औसत निर्यात प्रतिकिलो मूल्य १२ रुपैयाँ रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयकाबाट यस अवधिमा सबै भन्दा धेरै गोलभेंडा भारत निकासी भएको भन्सारका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए । वीरगञ्जबाट ७३ लाख ६९ हजार ४३५ रुपैयाँ बराबरको ६ लाख ३७ हजार ६८० किलो गोलभेंडा निर्यात भएको बताए ।

यसैगरी, मेची भन्सार कार्यालय काँकडभिट्टाबाट २५ हजार किलो गोलभेंडा भारत निर्यात भएको छ । भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार निकासी भएको गोलभेंडाको मूल्य ३ लाख रुपैयाँ हारारीको छ । भैरहवा भन्सारबाट जम्मा ७ हजार किलो गोलभेंडा भारत निर्यात भएको छ । जसको मूल्य एक् लाख रुपैयाँ हाराहरीको छ । भन्सार प्रमुख मनीराम पौडेलकाअनुसार यो नाका भएर गोलभेंडाको निर्यात भर्खरैबाट सुरु भएको छ ।
वीरगञ्ज र भैरहवाबाट गोलभेंडाको निर्यात नियमित रहेपनि मेची भन्सारबाट भने रोकिएको छ । भारततर्फ नै गोलभेंडाको उत्पादन बढेको र उल्टै भारततर्फबाट गोलभेंडा आयात हुन थालेको भन्सार प्रमुख रेग्मीले बताए ।
भारतमा गोलभेंडाको मूल्य खुद्रामै भारु २ सय रुपैयाँ नाघेपछि नेपालको गोलभेंडाको आयात खुला भएको थियो । त्यस अघि पनि नेपालबाट भारतमा गोलभेंडा लुकीछिपी भारत गइरहेका थिए ।
व्यवसायीहरुका अनुसार सुरुआती समयमा प्रतिकिलो १० रुपैयाँ देखि भारतमा गोलभेंडा निर्यात हुन थालेका थिए । तर, साउन अन्तिमसम्म आउँदा गोलभेंडाको निर्यात मूल्य प्रतिकिलोमै १३० रुपैयाँ नेपाली सम्म रहेको व्यवसायीहरु बताउँछन् । तराई टप
