Wednesday, April 22सत्यम खबर
Shadow

स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गर्न दोस्रो चरणको कार्यक्रम सुरु

नेपालगन्ज, ३१ श्रावण – मातृभूमि नवनिर्माण अभियानले बाँके नेपालगन्जको वीरेन्द्र चोक (धम्बोजी) मा स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गर्न दोस्रो चरणको कार्यक्रम सुरु गरेको छ ।

१ महिना अघिदेखि राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गर्ने भनी मातृभूमि नवनिर्माण अभियान थालेको समितिका केन्द्रीय संयोजक तेज विक्रम शाहले मंगलबार पत्रकार सम्मेलन गरेर दोस्रो चरणका कार्यक्रमहरुका बारेमा जानकारी दिएका हुन् ।

समितिले दोस्रो कार्यक्रमअन्तर्गत शालिक पुनर्स्थापनाका लागि समर्थन जुटाउन जिल्लास्थित राजनीतिक दलहरुसँग सर्वदलीय बैठक बस्ने शाहाले बताएका छन् । उनका अनुसार दोस्रो कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका २३ वटै वडाहरुमा नेपालगन्जको वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनर्स्थापना सहयोग र समर्थन जुटाउनको लागि वडा संयोजकको संयोजगत्वमा प्रत्येक वडामा १ सय ५१ सदस्य रहने एक्केबद्धता समूह गठन गरिने छ ।

‘मातृभूति नवनिर्माण अभियान, नेपाल’ तथा ‘स्व. राजा वीरेन्द्रको शालिक पुनर्स्थापना समिति’ले १ महिना अघि वीरेन्द्र चोकमा पत्रकार सम्मेलन गरेर अभियान सुरु भएको जनाएको थियो । सोपश्चात समितिले हस्ताक्षर अभियान संकलन सुरु गरेको थियो भने जिल्लास्थित विभिन्न राजनीतिक दलहरुलाई वीरेन्द्र चोकमा शालिक पुनर्स्थापनाका लागि सहयोग गर्न आग्रहसहितको पत्र हस्तान्तरण गरेको संयोजक शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *